गोरखामा रास्वपा नेताको गाडी तोडफोड « Khabarhub

गोरखामा रास्वपा नेताको गाडी तोडफोड


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा तोडफोड गरिएको छ। गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ३ कमलटारमा पार्किङ गरिएको अवस्थामा थापाको बागमती प्रदेश ०२५ च ७०३० नम्बरको गाडीमा तोडफोड भएको हो।

वडाअधिवेशनमा सहभागी हुन पार्टीका केन्द्रीय सदस्यद्वय प्रकाशन्द्र परियार र धनेज थापा तथा पर्यटन विभाग सदस्य प्रकाश लामिछानेसहितको टोली कमलटार पुगेको थियो। सोही क्रममा पार्किङ स्थलमै गाडीमा तोडफोड गरिएको जनाइएको छ।

रास्वपाले घटनालाई गम्भीर रूपमा लिँदै सम्भावित राजनीतिक प्रपञ्च, षड्यन्त्र, प्रतिशोध र हुलदङ्गीको आशंकासहित प्रहरीमा उजुरी दर्ता गरिसकेको जनाएको छ। टोलीमा सहभागी केन्द्रीय सदस्य परियारले सामाजिक सञ्जालमार्फत आफूहरू सुरक्षित रहेको जानकारी दिएका छन्।

घटनाका कारण कार्यक्रम केही ढिलो भए पनि आयोजक टोली कार्यक्रम स्थलमा पुगेर अन्तिम तयारीमा जुटेको र वडाअधिवेशन स्थगित नहुने जनाइएको छ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १२ : २३ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार