सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

शुक्रबार देशभरका जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

यसै क्रममा काठमाडौंमा सबै निर्वाचन क्षेत्रमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा कार्यालय स्थापना गर्ने क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले प्रत्येक नागरिकले स्वतन्त्रतापूर्वक आफ्नो मतदानको अधिकारको व्यवस्थालाई प्रत्याभूत गराउन सबै प्रकारको सुरक्षाका रणनीति अंगिकार गर्ने बताए । निर्वाचनलाई सफल बनाउन दलहरूको समेत सहयोग लिएर अघि बढ्ने उनले बताए ।

जिल्ला सदरमुकाममा ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र त्यस बाहिरका ८८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला अदालतका मुख्य न्यायाधीशले गर्नेगरी व्यवस्था गरिएको छ भने ७७ जना मुख्य जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका ८८ जना द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।
 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : ४२ बजे

प्रधानमन्त्रीको राजीनामा माग्दै सुकुमबासीले निकाले मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै पोखरामा सुकुमबासीहरूले

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

काठमाडौं – २० वर्षपछि विवाह गर्ने विद्यमान कानुनी व्यवस्थामा परिवर्तन

टि-२० अलराउण्डर वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं – बुधबार साँझ काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको

प्रदेशको सम्भावना र समृद्धि देखाउन ‘सुदूरपश्चिम कचहरी २०८३’ हुँदै

कैलाली – सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका