प्रधानमन्त्री ओली स्वदेश फिर्ता « Khabarhub

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बाकुबाट कतार एयरको नियमित उडानमार्फत कतारको दोहा हुँदै आज बिहान १०: १० मा काठमाडौँ आइपुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेललगायतले स्वागत गरेका थिए । सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ११ : ०७ बजे

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

एजेन्सी – चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

खालिदा जियालाई राजकीय बिदाइ

ढाका– बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा