लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन स् एमाले नेता निरज आचार्य « Khabarhub

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन स् एमाले नेता निरज आचार्य


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्नु नहुने बताएका छन् ।

वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै आचार्यले जनताले दिएको जनादेश जनहितका लागि भएको तर त्यसलाई स्वेच्छाचारी ढंगले दुरुपयोग गर्नु गम्भिर भएको बताएका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै आचार्यले बाढी र डुबानपछि होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन, सुकुम्बासी तथा विपन्न नागरिकलाई उनले वैकल्पिक व्यवस्थाबिनै विस्थापन गर्न खोज्नु अमानवीय भएको बताएका छन्।

आचार्यले निकै ठूलो त्रास र डुबानको चोट खेपेर होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन, सुकुम्बासी र विपन्न नागरिकहरू यतिबेला झन् ठूलो अभाव, मानसिक तनाव र विस्थापनको त्रासमा छन् उल्लेख गरेका छन्। उनले राज्यकै आश्रयस्थलमा रहेका नागरिकलाई हट्न अल्टिमेटम दिने, धम्क्याउने तथा भोकमरीको जोखिममा धकेल्ने कार्य निन्दनीय र अमानवीय भएको टिप्पणी गरेका छन्। साथै, लोकतन्त्रमा जनादेशको अर्थ स्वेच्छाचारिता होइन, भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाएका छन्।

आचार्यले संविधानले सुनिश्चित गरेको बाँच्न पाउने तथा सुरक्षित आवासको अधिकारको सम्मान गर्न सरकारसँग माग गरेका छन्। उनले पहिले व्यवस्थापन, अनि विस्थापनको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै वैकल्पिक बसोबास, पुनर्स्थापना र जीविकोपार्जनको सुनिश्चिततापछि मात्रै प्रभावित नागरिकलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन्।

उनले नागरिकमाथि बल प्रयोग गर्ने तथा मानवअधिकारविपरीतका सबै गतिविधि तत्काल रोक्न सरकारसँग आग्रह गरेका छन्। आचार्यले सरकारको ध्यानाकर्षण गराउँदै नागरिकका आधारभूत आवश्यकता र मानवीय संवेदनशीलतालाई बेवास्ता गर्दा गम्भीर सामाजिक असन्तोष उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। उनले सरकार संविधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ८ : २३ बजे

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२

अर्जेन्टिना र स्विट्जरल्यान्डको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित समयमा १–१ को

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको