पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ « Khabarhub

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई वैधता दिने निर्वाचन आयोगको निर्णय आफूहरुलाई मान्य नहुने बताएका छन् ।

आयोगबाट बाहिरिँदै शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षधरलाई पार्टीको वैधानिकता दिने निर्णयविरुद्ध संघर्ष गर्ने बताएका हुन् ।

आयोगले १४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवालाई एकपटक बोलाएर सोधखोज नगरी षड्यन्त्रपूर्ण निर्णय गरेको बताए ।

‘एक पक्षले दाबी गरेकोबारे कांग्रेस १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति अहिले पनि यथावत छ’, उनले भने, ‘निर्वाचन आयोगले एकपटक संस्थापनपक्ष सभापतिलाई एकपटक नबोलाई, निर्वाचन गर्ने प्रक्रियाविरुद्धमा निर्णय आएको छ । यो हामी मान्दैनौँ।’

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ८ : २० बजे

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता

काठमाडौं– सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८ सय

इजरायलमा अक्टोबर २७ मा आम चुनाव हुने

एजेन्सी– क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबीच इजरायलले

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक