राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ? « Khabarhub

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शेरबहादुर देउवा नेपाली कांग्रेसको निवर्तमान सभापति भइसकेका छन् । २०५९ साल असारमा देउवाले कांग्रेस विभाजन गरेको ऐतिहासिक घटनाको झण्डै दुई दशकपछि यसपटक सत्ता र संगठनबाट देउवा स्वयं बाहिरिएका छन् । गगन थापाको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशनले देउवाको लामो वर्चस्व अन्त्य गरेपछि अब उनको आगामी कदम के होला भन्ने चासो छ ।

२०५९ सालमा देउवाले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि कांग्रेस विभाजन गर्दै अलग्गै शक्ति निर्माण गरेका थिए । त्यो निर्णयलाई त्यसबेला ‘परिस्थितिजन्य बाध्यता’ भनिए पनि पछिल्ला वर्षमा त्यसले कांग्रेसलाई कमजोर बनाएको निष्कर्ष निकालेर पुनस् एकता गरेका थिए । अहिले भने परिस्थिति उल्टिएको छ । यसपटक देउवा सत्ता र संगठनको केन्द्रमा छैनन्, बरु आफ्नै पार्टीभित्रबाट चुनौतीको सामना गरिरहेका छन् ।

विशेष महाधिवेशनमार्फत गगन थापा सभापतिमा भएसँगै कांग्रेसको नेतृत्व पुस्तान्तरणमा भएको छ । युवा पंक्तिको बलियो समर्थन, संगठनात्मक संरचनाको नियन्त्रण र कार्यकर्ताको मनोविज्ञान गगनतिर ढल्कँदै जाँदा देउवाका लागि पुनः विभाजनको बाटो कठिन बनेको छ । उमेर, स्वास्थ्य र राजनीतिक परिस्थितिले पनि देउवालाई २०५९ सालको जस्तो आक्रामक निर्णय लिन अनुकूल देखिँदैन ।

देउवाले विशेष महाधिवेशनको वैधतामाथि प्रश्न उठाउँदै कानुनी तथा संवैधानिक बाटो रोज्न सक्ने चर्चा पनि छ । निर्वाचन आयोग वा अदालतमार्फत प्रक्रिया रोक्ने प्रयास भए पनि पार्टीभित्र परिवर्तन अपरिहार्य भएको सन्देश बलियो भएकाले यसपटक देउवाको जोर चलेन ।

पार्टीभित्रका नेताहरूका अनुसार देउवाको अबको विकल्प सम्झौता र ‘गार्डियन रोल’ हुन सक्छ । औपचारिक रूपमा हार स्वीकार गर्दै अनुभवी नेताको हैसियतमा पार्टीभित्र प्रभाव कायम राख्ने रणनीतिले उनलाई पूर्ण राजनीतिकबाट अलग हुनबाट जोगाउन सक्छ ।

तर देउवाको राजनीतिक शैली हेर्दा मौन विद्रोहको सम्भावना पनि नकार्न सकिँदैन । सार्वजनिक रूपमा कम बोल्ने तर प्रदेश, जिल्ला र भ्रातृ संगठनमार्फत आफ्ना समर्थकलाई सक्रिय राख्ने देउवाको परम्परागत रणनीति पुनः प्रयोग हुन सक्ने अनुमान गरिएको छ । यद्यपि गगन नेतृत्व सफल भएमा देउवाको प्रभाव क्रमशः कमजोर हुँदै जाने जोखिमसमेत देखिन्छ ।

अहिले देउवा इतिहासको निर्णायक मोडमा उभिएका छन् । २०५९ सालमा पार्टी फुटाउने निर्णय गरेका देउवा यसपटक इतिहास दोहोर्‍याउने कि इतिहास सुधार्ने भन्ने प्रश्नको सामना गरिरहेका छन् । गगन थापाको उदयले देउवालाई केवल पार्टीभित्र होइन, समयसँगै प्रतिस्पर्धा गर्न बाध्य बनाएको छ । देउवा समूहका नेताहरू पूर्णबहादुर खड्का, प्रकाशशरण महतहरू आज निर्वाचन आयोगले गगन नेतृत्वलाई आधिकारिकता दिएकोप्रति असन्तुष्ट छन् ।

आयोगको यो निर्णयपछि देउवाले के भन्छन् भन्ने पर्खाइ कांग्रेसी र राजनीतिक वृत्तमा छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : ३५ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको