चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला « Khabarhub

चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष मृत फेला परेका छन् ।

धनबहादुर खत्रीको छोरा डाकबहादुर खत्री घर नजिकै बाटोको छेउमा मृतावस्थामा भेटिएका हुन् । आज बिहान करिब ६ः३० बजेको समयमा घरभन्दा अन्दाजी ५० मिटर टाढा मृतावस्थामा खत्रीको शव भेटिएको थियो ।

बाटो हिँड्ने क्रममा स्थानीयवासीले बाटोमा मृतावस्थमा खत्रीको शव भेटेपछि घरमा मृतकको आमालाई खबर गरेका थिए । आमा घटनास्थल पुगी छोराको शवलाई बोकाई घरमा ल्याएकी थिइन् । छोरालाई मृतावस्थामा भेटेर घरमा ल्याएर जनप्रतिनिधि र प्रहरीलाई खबर गरिएको स्थानीयवासीले बताएका छन् ।

प्रहरी चौकी घोराखोरीबाट प्रहरी सहायक निरीक्षक रत्नेश राउत कुर्मीको टोलीले घटनास्थल सुरक्षित गरेको थियो । थप कानुनी प्रक्रिया र आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षक मनिष लुइँटेलको टोली घटनास्थलतर्फ गएको थियो ।

आवश्यक कानुनी प्रक्रियापश्चात शवलाई परीक्षणका लागि पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : ५० बजे

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन

कलाकारको बुझाइ : राज्यले गणेशको हत्या गर्‍यो, सरकारको विकेट झर्‍यो

काठमाडौं– मुगुका गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर कलाकारहरू बालेन्द्र शाह