पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव « Khabarhub

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताएका छन् ।

होटल सङ्घ नेपालको ‘हिरक जयन्ती’ विशेष समारोहको आज ललितपुरमा उल्लेख गर्दै उनले रोजगारी सिर्जना, सांस्कृतिक आदान–प्रदान, अन्तरराष्ट्रिय पहिचान र कूटनीतिक सम्बन्ध सुदृढीकरणमा पर्यटन उद्योगले उल्लेखनीय योगदान दिएको बताए ।

उपराष्ट्रपतिले दिगो पर्यटन, हरित अर्थतन्त्र, डिजिटल रूपान्तरण र अन्तरराष्ट्रिय साझेदारीलाई प्राथमिकता दिन सङ्घसमक्ष आग्रह गरृ । उनले विगतमा आन्दोलनका क्रममा होटल व्यवसायीले भोग्नुपरेका दुखद घटनाबाट पाठ सिकेर शान्तिपूर्ण संवाद र सहमतिको संस्कृतिलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

पर्यटकको सुरक्षा, सुविधा र सम्मान सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उपराष्ट्रपतिले वातावरणमैत्री होटल सञ्चालन, गुणस्तरीय सेवा र आत्मीय आतिथ्यलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : ५३ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ