देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट « Khabarhub

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर देउवा आफ्नो राजनीतिक जीवनमा पाँच पटक प्रधानमन्त्री बने ।

लामो राजनीतिक संघर्षबाट कांग्रेस नेतृत्वमा स्थापित उनको बिदाइ भने दुखद हुने देखिएको छ । शुक्रबारदेखि गगन थापाले कांग्रेसको आधिकारिकता पाएसँगै देउवा दलविहीन भएका छन्। आयोगले उनलाई एउटा समूहको नेतामा सीमित गरिदिएको छ ।

शुक्रबार कांग्रेसको आधिकारिकता पनि खोसिएसँगै देउवाको राजनीतिक यात्रामा एउटा दुखान्तपूर्ण संयोग बारम्बार दोहोरिएको देखिन्छ, नेतृत्वमा पुगेपछि पनि अपदस्थ, अलग वा कमजोर पारिरहनु । बीपी कोइरालादेखि गगन थापासम्म आइपुग्दा देउवाको राजनीतिक जीवन ‘निष्कासित’ भइरहने घटनाहरूको शिलशिलेवार इतिहासले भरिएको छ ।

२०३६ : नेविसंघ अध्यक्ष हुँदा बीपीको असन्तुष्टि

२०३० को दशकको उत्तरार्द्धतिर देउवा नेविसंघका सभापति थिए। २०३६ सालतिर बीपी कोइरालाले देउवाप्रति गम्भीर असन्तुष्टि जनाएका तथ्यहरू अहिले पनि भेटिन्छन् ।

औपचारिक निर्णयमार्फत ‘निकालिएको’ अभिलेख नभेटिए पनि बीपीले देउवाको कार्यशैलीलाई व्यक्तिकेन्द्रित, उग्र र संगठन कमजोर बनाउने खालको भन्दै आलोचना गरेका थिए ।

बीपीले नेविसंघ पुनर्संरचना गर्दा देउवा लाइनलाई किनारामा राखेपछि उनी कांग्रेसको मूल धारबाट अलग परे। यहीँबाट देउवा–बीपीबीचको वैचारिक दूरी स्थायी बन्दै गएको मानिन्छ ।

२०५२–२०५३ : पहिलो कार्यकाल र अविश्वास प्रस्ताव

२०५२ भदौ २६ मा पहिलोपटक प्रधानमन्त्री बनेका देउवा २०५३ पुस २४ मा संसद्मा अविश्वास प्रस्तावमा पराजित भए ।

त्यसपछि उनले राजीनामा दिनुपर्‍यो अनि लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने। यो देउवाको पहिलो ‘संसदीय अपदस्थ’को घटना थियो ।

२०५८–२०५९ : संसद् विघटन र पार्टीबाट निष्कासन

२०५८ साउनमा दोस्रोपटक प्रधानमन्त्री बनेका देउवाले माओवादीविरुद्ध सङ्कटकाल घोषणा, नेताहरूको टाउकाको मूल्य तोक्ने निर्णय र कडा सुरक्षात्मक नीति अपनाए ।

२०५९ जेठ ८ गते संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पार्टी निर्णय विपरीत कदम चालेको आरोपमा देउवालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरे ।

यसको प्रतिक्रियास्वरूप देउवाले नेपाली कांग्रेस ९प्रजातान्त्रिक० गठन गर्दै पार्टी विभाजन गरे ।

२०५९–२०६१ : राजाबाट ‘असक्षम’ घोषित

२०५९ असोज १८ गते राजा ज्ञानेन्द्र शाहले माओवादी द्वन्द्व समाधान गर्न नसकेको आरोप लगाउँदै देउवालाई सरकारबाट बर्खास्त गरे । उनलाई त्यसबेला तत्कालीन राजा ज्ञानेन्द्रले ‘असक्षम’ समेत घोषित गरे ।

चौतर्फी दबाबपछि २०६१ जेठ २० गते देउवा सरकार पुनर्स्थापित भयो। तर त्यही वर्ष माघ १९ गते पुनः देउवा सरकारलाई बर्खास्त गर्दै राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिए। यो घटनाले देउवाको राजनीतिक जीवनमा गहिरो धक्का दियो ।

कांग्रेस एकीकरण र पुनरागमन

त्यसपछि कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) एकीकरण भएपछि देउवा पुनः मूल कांग्रेसमा फर्किए। समयक्रममा उनी पार्टी सभापति बने र पाँचौँ पटकसम्म प्रधानमन्त्री भए ।

१२ वर्षअघि ‘असक्षम’ घोषित देउवाको पुनरागमनलाई त्यसबेला राजनीतिक चमत्कारका रूपमा हेरिएको थियो ।

भदौ २४ : जेन–जीद्वारा कुटपिट, घरबाटै निकालियो

भदौ २४ गतेको जेन–जी आन्दोलन देउवाका लागि अर्को असहज मोड बन्यो । उग्र प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरूले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा देउवालाई बूढानीलकण्ठस्थित निवासमै कुटपिट गरी घरबाट निकालिदिएको दाबी सार्वजनिक भयो ।

त्यही दिन सिंहदरबार, संघीय संसद भवन तथा शीर्ष नेताहरूका घरमा आगजनीसमेत भएको बताइन्छ। देउवाको घर जलाइएको दाबीले उनको राजनीतिक र व्यक्तिगत जीवन थप विवादमा तानियो ।

२०८२ : विशेष महाधिवेशनबाट नेतृत्वच्युत

यसपटक देउवा पार्टीभित्रैबाट नेतृत्व गुमाउन पुगे। नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापा नेतृत्वलाई वैधानिकता दिएपछि देउवा नेतृत्वको समूह औपचारिक रूपमा किनारामा परेको छ ।

यसरी नेविसंघ कालदेखि विशेष महाधिवेशनसम्म आइपुग्दा देउवा बारम्बार नेतृत्वबाट हटाइने, कमजोर पारिने वा अलग पारिने राजनीतिक नियतिसँग जोडिएका देखिन्छन् ।

देउवाको राजनीतिक जीवन निरन्तर सत्ता र संघर्षको कथा मात्र होइन, पटक–पटक अपदस्थ हुने, ‘असक्षम’ घोषित हुने, पार्टीबाट निष्कासित हुने र फेरि फर्किने चक्रको इतिहास पनि हो ।

बीपी कोइरालाको असन्तुष्टिबाट सुरु भएको यो शृंखला गगन थापाको नेतृत्वमा पुगेको कांग्रेससम्म आइपुगेको छ । सत्ता, संगठन र इतिहासको यस घुम्तीमा देउवा नेपाली राजनीतिका विवादास्पद र उतारचढावपूर्ण पात्रका रूपमा उभिएका छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १० : ३७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको