निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो « Khabarhub

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकोमा मागअनुसार निवेदन परेको छैन ।

निर्वाचनका लागि एक हजार ५७३ निर्वाचन प्रहरी माग गरिएकोमा एक हजार ३२१ जनाको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

उनका अनुसार एक हजार २० पुरुष र ३२१ महिलाले निवेदन दिएका छन् । माघ १ गतेसम्म निवेदन दिने समय रहेकोमा कम निवेदन परेपछि आजसम्मका लागि अन्तिम समय तोकिएको छ ।

उनले भने, ‘माग गरेबमोजिम कमको निवेदन परेपछि जिल्ला निर्वाचन समितिको निर्णयअनुसार अवधि बढाइएको छ ।’

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको र आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग सम्बन्ध नरहेको हुनुपर्ने प्रनाउ विकले बताए ।

उचाइ र तौलतर्फ पुरुषको हकमा न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाती ३१–३३ इन्च, तौल ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ पाँच फिट, तौल ४२ केजी तोकिएको छ ।

महिलाको हकमा गर्भवती नभएको वा भइसकेको अवस्थामा सो अवस्था समाप्त भएको हुनुपर्ने सर्त राखिएको छ । (रासस)

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ५७ बजे

किम र छोरीबाट नयाँ पेस्तोल परीक्षण

एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य क्षमताको आधुनिकीकरणलाई

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर– एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई

प्रतिकूल मौसमले रेसुङ्गा विमानस्थलमा उडान प्रभावित

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको

निर्वाचन प्रहरीको सम्मान पत्रसहित बिदाइ (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि परिचालन

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा– रूपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका