प्रचण्ड र मबीच कुनै दूरी छैन– प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

प्रचण्ड र मबीच कुनै दूरी छैन– प्रधानमन्त्री ओली


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच कुनै दूरी बढेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।

अर्का अध्यक्ष प्रचण्ड र आफूबीच बरु दूरी घट्दै गएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका ओलीले आफू र प्रचण्डबीच कुनै दूरी बढेको अवस्था नरहेको बताए ।

सञ्चारकर्मीहरुले प्रचण्डले स्वर्गीय नेता मदन भण्डारी र आफ्नो ओरिजिन एउटै भएको भनेर गरेको तुलनाबारे राखेको जिज्ञासमा ओलीले त्यसो हो भने दूरी बढेको नभइ घटेको भन्नुपर्ने बताए ।

‘उहाँले आफूलाई मदन मण्डारीसँग तुलना गरेको त मैले सुनेको छैन । यदि त्यसो हो भने पनि दूरी बढेको हैन, घटेको भन्नुपर्ला,’ ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हामीबीच कुनै पनि प्रकारको दूरीको अवस्था पनि छैन, र सम्भावना पनि छैन ।’

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १२ : १७ बजे

भारतद्वारा मस्कको स्टारलिंकलाई लाइसेन्स प्रदान

एजेन्सी– नयाँदिल्लीले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान

माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

चितवन– यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ

कोरियाबाट फर्केर व्यावसायिक खुर्सानी खेतीमा

भोजपुर– कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं–  समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित

इजरायली दूतावास अगाडी मानवअधिकार तथा शान्ति समाजको प्रदर्शनी (तस्बिरहरू) 

काडमाडौं– मानवअधिकार तथा शान्ति समाजले आज इजरायली दूतावास अगाडी शान्तिपूर्ण