कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट « Khabarhub

कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया शनिबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कांग्रेसबाटै प्रतिनिधिसभाका लगि कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएका पूर्व सहायक मन्त्री एवम् लुम्बिनी प्रदेशसभा सदस्य कनौडियालाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे ।

शनिबार दिउँसो काठमाडौंमा ओलीबाट सदस्यता ग्रहण गर्दै उनी एमालेमा प्रवेश गरेका हुन् ।

कांग्रेस दुई टुक्रा भएसँगै माथिल्लोस्तरका नेताले पार्टी छाडेका हुन् । कनौडियाले एमाले प्रवेश गर्दा कपिलवस्तु क्षेत्र नम्बर ३ को टिकट पनि पक्का गरेका छन् । उनलाई ओलीले कपिलवस्तु ३ मा तयारी थाल्न भनिसकेका छन् । एमालेले शनिबार नै १६५ क्षेत्रको टिकट तय गर्दैछ ।

यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा उनी लुम्बिनी प्रदेश सभा सदस्य भएका थिए । उनी त्यसबेला प्रदेशसभा संसदीय दलको नेता पनि भएका थिए ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ६ : ३८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा