सङ्घीयताको रक्षा गर्नु सबैको दायित्व: मुख्यमन्त्री राई | Khabarhub Khabarhub

सङ्घीयताको रक्षा गर्नु सबैको दायित्व: मुख्यमन्त्री राई


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताएका छन् ।

नेपाल सबै क्षेत्रबाट सक्षम राष्ट्र रहेको बताउँदै उनले विश्वका उच्चपदस्थ व्यक्तिको भ्रमण नेपालको लागि निकै ठूलो सफलता रहेको उल्लेख गरे ।

‘‘भर्खरै भएको चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमणले नेपाल धेरै सम्भावना बोकेको देश हो भन्ने प्रष्ट भएको छ, अहिले विश्वका ठूलाठूला राष्ट्रको ध्यान नेपालमा केन्द्रित भएको छ, अब आधुनिक ढङ्गले विकास हुन्छ’’उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरले सदरमुकाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले शोषित पीडित जनताको हितका लागि देश सङ्घीयतामा गएको बताउँदै यसको रक्षा गर्नु सबैको दायित्व रहेको समेत बताए ।

मुख्यमन्त्री राईले भने‘‘देशमा सङ्घीयता कार्यान्वयन भएसँगै जनताले खुशीको अनुभव गर्न पाएका छन्, तर यो सङ्घीयताका कुनै दल वा समूहको महत्वकांक्षा पूरा गर्नको लागि ल्याइएको हैन, यसको जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।’’

उनले स्थानीय तहमा आएको बजेटको सही ढङ्गले खर्च गराउन सबैले खबरदारी गर्नुपर्ने बताए । आफ्नो ठाउँमा भएको काममा एक कन्चो पनि बजेट तलमाथि हुन नदिन जनताले कडा निग्रानी गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १२ : ४१ बजे

निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

काठमाडौं – चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स

‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता

ललितपुर – फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज

अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको

गम्बोरोले पाँच हजार बढी कुखुरा मरे

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच