सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने « Khabarhub

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) लाई अघि सारेको छ।

नेकपा कोशी प्रदेश कमिटीको निर्णयअनुसार भट्टराईलाई प्रतिनिधिसभा सदस्य पदका लागि टिकट दिने निर्णय भएको हो ।

नेकपा धरान संयोजक उद्धव लिम्बूले नेकपाबाट भट्टराईलाई टिकट दिने निर्णय भएको बताए।

भट्टराई धरान उपमहानगरपालिका–१७ का दुई कार्यकाल वडाअध्यक्ष भइसकेका छन् । उनले २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा लोकप्रिय मतसहित जित निकालेका थिए ।

स्थानीय तहमा लामो अनुभव भएका भट्टराईको उम्मेदवारीलाई सुनसरी १ मा अर्थपूर्ण ठानिएको छ।

सुनसरी–१ मा भट्टराईको प्रतिस्पर्धा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किरातीसँग हुने भएको छ। अहिलेसम्म नेपाली कांग्रेस र नेकपा एमालेले भने उम्मेदवार घोषणा गरेका छैनन् ।

धरान उपमहानरगको बैठकमा कयौँ पटक मेयर हर्क र वडाध्यक्ष भट्टराईबीच घोचपेच चलिरहन्थ्यो । मेयरलाई असहयोग गरेको भन्दै उनका समर्थकले भट्टराईलाई बारम्बार आक्रमण प्रयास पनि गर्थे ।

सुनसरी १ अन्तर्गत धरान उपमहानगरपालिकाका २० वटा वडा, बराहक्षेत्र नगरपालिकाका ५ वटा वडा र रामधुनी नगरपालिकाका २ वटा वडा समेटिएका छन्।

२०७९ सालको निर्वाचनमा सुनसरी १ बाट एमालेको समर्थनमा जनता समाजवादी पार्टी नेपालका अशोककुमार राईले जित निकालेका थिए ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ३६ बजे

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन