सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने « Khabarhub

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) लाई अघि सारेको छ।

नेकपा कोशी प्रदेश कमिटीको निर्णयअनुसार भट्टराईलाई प्रतिनिधिसभा सदस्य पदका लागि टिकट दिने निर्णय भएको हो ।

नेकपा धरान संयोजक उद्धव लिम्बूले नेकपाबाट भट्टराईलाई टिकट दिने निर्णय भएको बताए।

भट्टराई धरान उपमहानगरपालिका–१७ का दुई कार्यकाल वडाअध्यक्ष भइसकेका छन् । उनले २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा लोकप्रिय मतसहित जित निकालेका थिए ।

स्थानीय तहमा लामो अनुभव भएका भट्टराईको उम्मेदवारीलाई सुनसरी १ मा अर्थपूर्ण ठानिएको छ।

सुनसरी–१ मा भट्टराईको प्रतिस्पर्धा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किरातीसँग हुने भएको छ। अहिलेसम्म नेपाली कांग्रेस र नेकपा एमालेले भने उम्मेदवार घोषणा गरेका छैनन् ।

धरान उपमहानरगको बैठकमा कयौँ पटक मेयर हर्क र वडाध्यक्ष भट्टराईबीच घोचपेच चलिरहन्थ्यो । मेयरलाई असहयोग गरेको भन्दै उनका समर्थकले भट्टराईलाई बारम्बार आक्रमण प्रयास पनि गर्थे ।

सुनसरी १ अन्तर्गत धरान उपमहानगरपालिकाका २० वटा वडा, बराहक्षेत्र नगरपालिकाका ५ वटा वडा र रामधुनी नगरपालिकाका २ वटा वडा समेटिएका छन्।

२०७९ सालको निर्वाचनमा सुनसरी १ बाट एमालेको समर्थनमा जनता समाजवादी पार्टी नेपालका अशोककुमार राईले जित निकालेका थिए ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ३६ बजे

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन