चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने « Khabarhub

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन थालेको छ । उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ– १ बाट निर्वाचन लड्ने पक्का भएको छ।

वाग्ले उम्मेदवार छनोट सिफारिस समितिका संयोजक समेत हुन् । शनिबार बसेको समितिको बैठकले समितिका अरू सदस्य शिशिर खनाल र सोविता गौतमले निर्वाचन लड्ने क्षेत्रसमेत तय गरेको छ।

खनाल यसअघि निर्वाचित भएको काठमाडौं– ६ बाट चुनाव लड्नेछन् । गौतम काठमाडौं २ छाडेर चितवन–३ झर्ने भएकी छिन् । उनी २०७९ को चुनावमा काठमाडौं–२ बाट विजयी भएकी थिइन् ।

काठमाडौं २ लाई रास्वपा नेता बालेन्द्र साहले आफ्नो लागि विकल्पमा राखेका छन् । उनी झापा ५ मा गएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लड्नेबारे पनि छलफलमा छन्। तर अझै निर्णय भएको छैन ।

चितवन–३ मा नेकपाबाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल उठ्ने तयारी छ । रेनु उठेमा दुई चर्चित नेतृको कडा भिडन्त हुने देखिएको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १० : २५ बजे

बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत– पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो

धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५