बाजुरामा आगलागी हुँदा एउटा घर नष्ट « Khabarhub

बाजुरामा आगलागी हुँदा एउटा घर नष्ट


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको गौमुल गाउँपालिकामा आज बिहान ६ बजे एक घरमा आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ । गौमुल–२ कुहुडा बस्ने ३० वर्षीय विष्णु रोकायाको घरमा विद्युत्को तार सट भई आगलागी हुँदा खरले छाएको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

उनका अनुसार विद्युत्को तार सट भई आगलागी भएको खबरपछि इलाका प्रहरी कार्यालय घटमुनाबाट टोली खटिएको छ । खरले छाएको तीनतले घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडालगायत सामग्री जलेको प्रहरी नायब उपरीक्षक हवारीले बताए । उनका अनुसार आगलागीबाट लाखौँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

प्रहरी टोली घटनास्थल गएकाले क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 
 

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ११ : ५९ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार