पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने « Khabarhub

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय धापासीमा आइतबार दिउँसो १ बजे पुग्ने भएका

काठमाडौँ महानगरपालिकाका प्रमुखसमेत रहेका उनी दिउँसो २ बजे बस्न लागेको केन्द्रीय समितिको बैठकमा माग लिन पहिलो पटक घण्टीघरमा प्रवेश गर्न लागेका हुन् ।

उक्त बैठकमा भाग लिएपछि रास्वपा सभापति रवि लामिछाने र बालेन्द्रसहितका नेताहरू साँझ ५ बजे मधेश प्रदेशको राजधानी जनकपुर पुग्दैछन् ।

त्यहाँबाट रवि र बालेन्द्रले चुनावी प्रचार अभियान थाल्ने भएका छन् । बालेन्द्र झापा ५ र रवि चितवन २ बाट फागुन २१ गतेको चुनाव लड्ने तयारीमा छन् ।

गत पुस १३ गते रास्वपामा प्रवेश गरेका बालेन्द्र त्यसयता घण्टीघरमा पुगेका छैनन् । आफ्ना २६ जना सहयोगीलाई रास्वपामा प्रवेश गराइसकेका उनी घण्टीघरमा पुगेर औपचारिक रुपमा दलीय राजनीतिमा लाग्ने भएका छन् ।

तर उनले काठमाडौंको मेयरबाट राजीनामा दिने नदिने केही खुलेको छैन । सम्भवत: उनले मेयर पदबाट राजीनामा नदिई झापा या काठमाडौंमा मंगलबार उम्मेदवारी मनोनयन गर्ने भएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १२ : ३५ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु