निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै « Khabarhub

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१ गतेका लागि तय भएको निर्वाचन तालिका स्थगित गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिँदैछ ।

निर्वाचन आयोग र वैधानिकता पाएका सभापति गगन थापाविरुद्ध सर्वोच्च अदालतमा रिट हालिसकेको देउवा समूहले अब फेरि निर्वाचन आयोग गुहार्न लागेको हो ।

पत्र लिएर पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेल र कानुनविद् एवम् पूर्वमहान्यायाधिवक्त खम्मबहादुर खाती आइतबार दिउँसो बहादुर भवनस्थित निर्वाचन आयोगमा पुग्दैछन् ।

देउवा समूहले सर्वोच्चमा दायर रिट दर्ता भएर मंगलबार सुनुवाइका लागि पेशीमा चढिसकेको भन्दै टुंगो नलाुञ्जेल निर्वाचनसम्बन्धी प्रक्रिया अघि नबढाउन आग्रह गर्न लागेको हो ।

देउवा समूहका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आयोगको निर्णयबाट कांग्रेसको संवैधानिक र कानुनी हकमा गम्भीर हनन भएको बताए।

निर्वाचन आयोगले बदनीयतपूर्ण र षड्यन्त्रपूर्वक निर्णय गरेर कांग्रेसलाई निर्वाचन प्रक्रियाबाट बाहिरै राख्ने अवस्था बनाएको पनि उनको गुनासो छ।

आयोगको उक्त निर्णयविरुद्ध कानुनी अधिकार कायम गराइ पाउन आफूहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराएको पनि उनले बताएका छन् ।

देशको मुख्य अदालतमा रिट विचाराधीन रहेको अवस्थामा निर्वाचनसम्बन्धी कार्यतालिका स्थगित गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : ३२ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु