तिहारको चटारो : यस्तो देखियो काठमाडौंमा आज (फोटोफिचर) | Khabarhub Khabarhub

तिहारको चटारो : यस्तो देखियो काठमाडौंमा आज (फोटोफिचर)


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शनिबारदेखि तिहार सुरु भएको छ । हिजो कागतिहार मनाएसँगै यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आइतवार (आज) कुकुर तिहार र लक्ष्मी पूजा गरेर मनाइँदै छ ।

यो वर्ष एकै दिन कुकुर तिहार र लक्ष्मी पूजा परेको छ । आज बिहान गाईको पूजा गरेपछि साझ लक्ष्मी पूजा गर्ने प्रचलन छ । तिहारको रमझम पनि आजैबाट सुरु हुन्छ । जसका कारण राजधानी काठमाडौंसँगै विभिन्न शहरी क्षेत्रमा फूलको व्यापार ह्वात्तै बढेको छ ।

लक्ष्मी पूज्नका साथै घरका झ्याल, ढोकाका साथै भाइटिका लगाउन पनि सयपत्री फूल र मखमली फूलको विशेष प्रयोग हुने भएकाले आइतबार राजधानीका मुख्य मुख्य चोक तथा बजार क्षेत्रमा फूल बेच्नेहरुको भीड नै लागेको छ । तिहारको बजारमा गाईंको गोबरदेखि फूल तथा भाइमसलासम्मको किनबेच देखियो ।

राजधानीमा छ सयदेखि ८ रुपैयाँ सयसम्म फूलको मालाको व्यापार भइरहेको व्यापारीले बताए । बेलुका लक्ष्मी पूज्नु पर्ने र घरका झ्याल, ढोका सजाउन फूल किन्नेहरुको भीड पनि उत्तिकै देखिएको छ ।

लक्ष्मीपूजा र भाइ टिकाका लागि किन्न मेल गर्ने मुख्य बजारमा भीडभाड बाक्लो छ । कालिमाटी, कलंकी, रत्नपार्क, असन, इन्द्रचोक, न्युरोड, बानेश्वर, कोटेश्वर, चाबहिल, बालाजु, सातदोबाटो, लगनखेललगायतका क्षेत्रमा फूल किन्ने र बेच्नेहरुको भीड लागेको छ ।

यस्तै, भाइटीकासँगै समापन हुने तिहारका लागि भाइमसला, फूलका माला, रंग र फलफूल किन्नेको बजारमा चाप छ । तिहारको दोस्रो दिन राजधानीका मुख्य शहरमा देखिएका केही दृश्य :

तस्वीर : अर्घेलो थापा / रमेश भारती

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ३ : २७ बजे

चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा

खोटाङ– खोटेहाङ गाउँपालिकामा भौतिक पूर्वाधार विकास योजनाको काम ९० प्रतिशत

भारतको बैंगलोरमा चोरी : पक्राउ परे ३५ भन्दा बढी नेपाली

सुर्खेत– पछिल्लो चरणमा कर्णाली र सुदूरपश्चिमका नेपालीहरूको रोजगारीको आकर्षणको गन्तव्यका

मानवअधिकार उल्लङ्घनका विषयमा छलफल

इटहरी– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले आज मानवअधिकार

श्रम अभियानले विवादमा हर्क, डोर हाजिरी उठाएर समर्थकलाई नगरको पैसा बाँड्न खोज्दा तनाव

काठमाडौं- सरकारी बजेट संस्थागत रुपमा खर्च नगरि आफू खुसी श्रम

वाम लोकतान्त्रिक आन्दोलनले नै देशमा ठूला आन्दोलनहरू सफल भए  : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकमा भएका