मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले « Khabarhub

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर निस्केर मिलनविन्दु खोज्न अग्रसर हुनुपर्ने बताएका छन् ।

पूर्वसभापति शेरबहादुर देउवानिकट प्रचार विभाग प्रमुखसमेत रहेका नेता विश्वकर्माले आगामी फागुन २१ गतेको निर्वाचन नै कांग्रेसका मिल्ने आधार हुनुपर्ने बताएका हुन् ।

उनले आधा टिकट देउवाले गरेको र आधा गगन थापाले गर्ने उनको भनाइ छ । यसो गरेर विवाद अन्त्य गर्न भनेका छन् ।

यस्तो छ उनको भनाइ
हाल हाम्रो पार्टी मात्रै होइन, राष्ट्रवादी लोकतान्त्रिक राजननैतिक दलहरू संगै मुलूकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता गंभिर मोडमा छ । यो अवस्थावाट मुलूकलाई जोगाऊने बलियो आधार घोषित निर्वाचन हुन सक्छ भनेर निष्कर्ष निकाल्यौ । सबैलाई आह्वान गर्यौँ । जसका कारण सवै दल निर्वाचनमा होमिएका छन् ।
तर मुलुकको पहिलो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस भने नदुखेको टाउको आफै ठोक्दै रूदै गरिरहेको छ ! यो हाम्रा लागि मात्र होईन मुलूक र लोकतान्त्रिक प्रणालीका लागि दुर्भाग्य हो ।
पार्टीको नियमित महाधिवेशन हुदै थियो । विशेष किन गर्नु परेको ? विशेष गर्ने नै भए पार्टीले निर्णय किन नगरेको ? जवर्जस्ती आयोजना हुन लाग्दा पार्टीले अपनत्व र वैधानिकता दिन किन नमानेको ? नीति महाधिवेशन मात्र हो भनेर फेरि नेतृत्व भंग र चयनमा किन प्रवेश गरेको ? आदी ईत्यादी यस्तै विषयले कांग्रेस अहिले विवादै विवादले थलिएर उड्नु पर्ने दौडन सकेको छैन । दौडन पर्ने हिड्न सकेको छैन ! हिड्न पर्ने घस्रन सकेको छैन ।
विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियता संग मेरो पनि विमति छ ! यसका बारेमा आयोग र अदालतमा हाम्रा विमतिहरू दर्ज भएर विचाराधिन छन ।
तर प्रक्रियमा काफि विमतिका बाबजुत पनि फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरि हाम्रा विचमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ । यसका लागि न विशेष महाधिवेशनवाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णय, नत चौधौ महाधिवेशनबाट निर्वाचित सभापति देउवाको एकल निर्णयबाट आसन्न निर्वाचनमा पार्टीले विजय हासिल गर्न सक्छ ! केवल सवैको साझा सहमति प्रयास र उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्छ ! तसर्थ विवाद अब आयोग मात्रै होईन अदालत पुगिसक्यो ! अब झगडा अदालतमा छौडौ ! परिणाम जे आउछ मान्न तयार बनौ ! हिजो भाद्र २४ मा घर छोड्न तयार भयौ ज्यानका लागि
आज घमण्ड त्यागन तयार बनौँ पार्टीका लागि ! झगडिया अरू कोही होईन हामी एकाघरका हौ !
हिजो भाद्र २४ को ऊपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराऊन सक्छ ! हिजो उम्मेदवारको टिकटमा कस्को हस्ताक्षर हुने भन्ने विवाद थियो ! आधामा देउवाले गर्नु भयो ! बाँकीमा अब गगनले गर्नु हुन्छ ! सवैको सहमतिमा ऊम्मेद्वार चयन गरौ ! उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेद्वारको पक्षमा भोट माग्ने वातावरण वनाऔ ! यसका लागि देउवा , गगन, पूर्णवहादुर, शेखर एकठाउमा अहिलै वस्नुस ! घेरावन्दीवाट वाहिर आउनुहोस र निर्णय गर्नुहोस !
त्यसैले वीपी, सूवर्ण, गणेशमान, किसूनजीले वनाएको, गिरीजा प्रसाद, सुशील र शेरवहादुरले हांकेको ऐतिहासिक पार्टी नेपाली कांग्रेसका साथीहरूले उत्साह, उमंग र एकताका साथ भन्नेछन
“ हिजो पनि रूख, आज पनि रूख, भोली पनि रूख” भोट के मा रूखमा ! नेपाली कांग्रेस जिन्दावाद !!

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ९ : ०० बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको