झापा–५ मा ओली र बालेन भिड्ने पक्का « Khabarhub

झापा–५ मा ओली र बालेन भिड्ने पक्का


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको छ । आइतबार साँझ रास्वपाले झापाका ५ वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवार टुंग्याएको हो ।

यससँगै झापा ५ मा नेकपा अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’बीच चुनावी भिडन्त हुने पक्का भएको छ ।
बालेनले पनि ओलीसँग भिड्नकै लागि काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिइसकेका छन् ।

यस्तै झापा क्षेत्र नम्बर २ मा पूर्व सभामुख देवराज घिमिरेसँग् पूर्व उपसभामुख इन्दिरा राना मगर चुनाव लड्ने भएकी छन् ।

क्षेत्र नम्बर १ निशा डाँगीलाई रास्वपाले उम्मेदवार बनाएको छ । झापा क्षेत्र नम्बर ३ प्रकाश पाठक र क्षेत्र नम्बर ४ शम्भु ढकाल(सुस्केरा) रास्वपाबाट उम्मेदवार बन्दैछन् । बालेनले भोलि जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर मनोनयन दर्ताका लागि झापा आउँदैछन् । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछन् । यसका लागि माघ ६ गते उम्मेदवार मनोनयको कार्यतालिका छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १० : ०० बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री