मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि « Khabarhub

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय आमाको तस्बिरमा हेरेर बालेन्द्र साहले देश बनाउन सक्ने भनेको बताएका छन् । सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले सो बताएका हुन् ।

‘जुन दिन बालेन जी र मेरो भेटघाट भयो, त्यो भेटघाट सकेर घर गएँ, भोलिपल्ट बिहान उठेर मैले हेरेँ, उज्यालो घाम लागेको थियो, मेरो घरमा मेरी स्वर्गीय आमाको तस्बिर छ, मैले मेरो आमाको तस्बिरसँग कुराकानी गरेँ’, उनले भने, ‘ त्यसदिन विहान जब मैले मेरो स्वर्गीय आमाको तस्बिरमा हेरेर भनेँ, मैले आमालाई भने आमा बालेनले देश चलाउँछ । बालेनले हाम्रो सपना पूरा गर्छ, यो भनाइको साक्षी मेरी श्रीमति छिन्, मैले उनलाई भनेर अँगालो हालेर आमालाई भने आमा बालेनले देश बनाउँछ, यो मेरो विश्वास हो ।’

उनले बालेनसँग भएको भेटमा बालेनले आफ्नो सपनाको बारेमा सोधेको पनि बताए । साथै, सो भेटमा आफूहरू सँगै हिँड्न सकिने कुरा पनि ५ मिनेटको छलफलबाट नै थाहा भएको पनि उनले बताए ।

‘कुराकानीको क्रममा बालेनजीले मलाई मेरो सपना सोध्नुभएको थियो, मैले आफ्नो सपना बताएको थिएँ, उहाँले आफ्नो सपना बताउनुभएको थियो, हामीले एक अर्काको सपना साझा गरेका थियौँ, भेट भएको ५ मिनेटमा नै हामीलाई थाहा थियो कि हामी सँगै हिँड्न सक्छौँ’, उनले भने ।

बाँकी लामो समयको छलफल एक अर्कालाई चिन्नका लागि भएको उनको भनाइ छ । साथै, उनले देश र जनताको हितका लागि आफूहरूको एकताको विकल्प नभएको पनि बताए । 

‘म रवि लामिछाने र बालेन साह बीचको वार्ता सकिएको हो, बाँकी त हामीले एक अर्कालाई चिन्नका लागि खर्च गरेका हौँ, जब देशको हितलाई केन्द्रमा राखिन्छ नि त्यतिखेर कुनै वार्ताको नाटक गरिरहनु पर्दैन, आफ्नो हितको लागि मात्रै हो वार्तै वार्ता हुने, हामी यो देशको हितको लागि र जनताको चाहना अनुसार एकै ठाउँमा आएका थियौँ किनकी यसको विकल्प छैन ।’

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ४ : ५५ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता