रास्वपामा प्रवेश गर्नेबित्तिकै बहकिएका अमरेशले भने : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु « Khabarhub

रास्वपामा प्रवेश गर्नेबित्तिकै बहकिएका अमरेशले भने : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा. अमरेशकुमार सिंहले बालेन्द्र साह प्रधानमन्त्री नभए आत्मदाह गर्ने बताएका छन् ।

जनकपुरमा सोमाबर आयोजित परिवर्तन उद्घोष कार्यक्रममार्फत् रास्वपामा प्रवेश गरेका त्यहीँ सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।

कार्यक्रमको मञ्चमै रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्रलाई देशको महानायकको संज्ञा दिँदै उनले देशले उनीजस्तो प्रधानमन्त्री पाउन लागेको भन्दै खुशी व्यक्त गरे ।

उनले सभापति रवि लामिछानेलाई नायकको संज्ञा दिए । नेता सिंहले मधेशले पहिलोपटक प्रधानमन्त्री पाउन लागेको भन्दै खुशी जनाए ।

बालेन प्रधानमन्त्री बन्दामात्रै शहीदका सपना पूरा भएर मधेशको छोराछोरीको भविष्य साकार पार्न सकिने पनि दाबी गरेका छन् । उनले बालेन्द्र प्रधानमन्त्री नभए आफूले मधेशकै भूमिमा आत्मदाह गर्ने पनि बताए ।

‘बालेनलाई प्रधानमन्त्री बनायौँ भने शहीदको सपना साकार गर्न र मधेशका छोराछोरीको भविष्य साकार पार्न सकिन्छ । त्यसैलै बालेनलाई जिताउन आवश्यक छ’, उनले भने, ‘जेन-जी आन्दोलनको तमाम शहीदका परिवारलाई साक्षी राखेर देश बालेनमय भएको घोषणा गर्छु। यो देशको नायक रास्वपाका रवि लामिछाने हुन्, महानायक बालेन हुन् । हामी सीता माताका सन्तान हौँ । बालेन प्रधानमन्त्री नबने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ६ : ४० बजे

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले