चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा « Khabarhub

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव नलड्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै पूर्वमन्त्री खड्काले यस निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवारीको कुनै दाबी नरहने जनाएका छन् । उनले आफू उम्मेदवारको रूपमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको पनि जनाए ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘…म सम्पूर्णमा स्पष्ट जानकारी गराउन चाहन्छु कि यस पटकको निर्वाचनमा मेरो तर्फबाट उम्मेदवारीको कुनै दाबी रहने छैन, अर्थात् म उम्मेदवारको रूपमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छु ।’

यसका साथै उनले हिमाली जिल्लाहरूमा पार्टीले टिकट वितरण टुंगिएको भन्ने चर्चा चलिरहँदा संखुवासभा जिल्लामा भने आज साँझ करिब ७ बज्न लाग्दासम्म पनि कसैको नाम औपचारिक रूपमा अनुमोदन नभएको जानकारी प्राप्त भएको जनाएका छन् ।

आफ्नो पोस्टमा उनले ‘सत्यको कुनै रङ हुँदैन, इमानदारीताको कुनै जात र धर्म हुँदैन, निष्ठाको कुनै मूल्य हुँदैन, नैतिकताको कुनै सीमा हुँदै’ पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ६ : ५९ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित