पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन « Khabarhub

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै स्पष्टिकरण दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत २०८२ माघ २ गते कांग्रेस पार्टीसम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध २०८२ माघ ४ गते सर्वोच्च अदालतमा दर्ता गरिएको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रूपमा असत्य भएको बताएका छन् ।

खड्काले उक्त रिट न्याय प्राप्तिका लागि दर्ता गरिएको र त्यसलाई फिर्ता लिने कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । साथै, संवेदनशील विषयमा सम्बन्धित पक्षसँग प्रत्यक्ष सम्पर्क नगरी अड्कलका भरमा समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई विशेष आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : ४९ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु