सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा « Khabarhub

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै उनले व्यक्तिगत तथा राजनीतिक कारण देखाउँदै निर्वाचनमा नउत्रिने निर्णय लिएको स्पष्ट पारेका हुन् ।

किराँतीले आफूलाई उम्मेदवारका रूपमा सिफारिस गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का सुनसरी र भोजपुर जिल्ला कार्यसमितिप्रति आभार व्यक्त गर्दै यसपटक नयाँ पुस्ताको नेतृत्वलाई अवसर दिन उम्मेदवार नबन्ने निर्णय गरेको बताएका छन् ।

उनका अनुसार, सुनसरी–१ बाट उम्मेदवार बनेमा नयाँ राजनीतिक शक्तिबीच हुने प्रतिस्पर्धाले दुवै पक्षलाई क्षति पुग्ने र त्यसको फाइदा पुराना दललाई जाने भन्दै स्वदेश तथा विदेशका शुभेच्छुकले दिएको सुझावलाई आत्मसात् गरिएको छ । साथै, भर्खरै स्थापना भएको प्रलोपालाई दीर्घकालीन राजनीतिक यात्रामा अघि बढाउन अहिले आफ्नो मुख्य प्राथमिकता पार्टी निर्माणमै केन्द्रित रहने उनको भनाइ छ ।

किराँतीले राजनीतिक संवाद, शुभेच्छुकहरूको सुझाव र ‘जेन–जी विद्रोह’को मूल मर्मलाई सम्मान गर्दै श्रम संस्कृति पार्टीका उम्मेदवारहरूलाई समर्थन गर्ने घोषणा पनि गरेका छन् । उनले सुनसरी क्षेत्र नम्बर–१ का हर्कराज राई तथा भोजपुरका ध्रुव राईलाई प्रलोपा तर्फबाट सहयोग गर्ने जनाएका छन् ।

यससँगै, उनले समानुपातिकतर्फ प्रगतिशील लोकतान्त्रिक पार्टीको ‘आँखा’ चुनाव चिह्नमा मतदान गर्न आम मतदातासमक्ष अपिल गरेका छन् । देशव्यापी निर्वाचन अभियानमा सक्रिय रूपमा खटिने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : ३४ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी