जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली « Khabarhub

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा जलेका सरकारी र व्यक्तिगत संरचना निरीक्षण गरेर आफ्नो चुनावी अभियान थाल्ने भएका छन्।

पार्टी क्षेत्रीय समन्वय कमिटी झापा ५ का संयोजक नारायणप्रसाद गौतमका अनुसार भदौमा भएको जेन-जी आन्दोलनमा जलेका संरचना ओलीले निरीक्षण गर्ने र पिडितहरुलाई भेट्ने कार्यक्रम रहेको छ। आज दमक स्थित इलाका प्रहरी कार्यलयको भवनको निरीक्षण गरेर सुरु गरिने गौतमले जानकारी दिए।

एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलका अनुसार बिहान १० बजे देखि १२ बजेसम्म अध्यक्ष ओलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गर्ने र पिडितहरुलाई भेट्ने कार्यक्रम तय गरिएको छ। आज इलाका प्रहरी कार्यालय दमक, दमक नगरपालिका, दमकका मेयर राम थापाको निवास, नेपाली काँग्रेसको पार्टी कार्यलय, पूर्व मेयर रोमनाथ ओलीको निवास, अध्यक्ष ओलीको आफ्नो निवास, नेपाली काँग्रेस दमक नगरको कार्यलय, एमाले दमक कार्यालय र एमालेका युवा नेता बुद्धि थापाको निवास आदिको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।

आजै १ बजे अध्यक्ष ओलीले फागुन २१ गते हुने निर्वाचनका लागि झापा ५ बाट उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ७ : ५३ बजे

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा