कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ? « Khabarhub

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ ।

कार्यालयका अनुसार काठमाडौं क्षेत्र नम्बर १ को कार्यालय सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा निर्धारण गरिएको छ । क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा कार्यालय स्थापना गरिएको छ ।

काठमाडौं– ३ को गोकर्णेश्वर नगरपालिकको वडा नम्बर ४ को कार्यालय, क्षेत्र नम्बर ४ को बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन चपलीमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

यस्तै, निर्वाचन क्षेत्र ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन, क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिकाको भवन धर्मस्थलीका कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

काठमाडौं क्षेत्र नम्बर ७ का लागि बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र जुडोहल खुसिबु बालाजस, क्षेत्र नम्बर ८ को नागाजुर्न नगरपालिकाको नगरपालिका भवन, क्षेत्र नम्बर ९ को चन्द्रागिरि नगरपालिकाको भवनमा कार्यालय स्थापना गरिएको छ ।

यस्तै, काठमाडौं क्षेत्र नम्बर १० को कीर्तिपुर नगरपालिकाको वडा नम्बर २ को भवन बाघभैरवमा कार्यालय स्थापना गरिएको छ ।

ललितपुर र भक्तपुरको पनि पायकपर्ने स्थानका निर्वाचन कर्यालय स्थापना भई सञ्चालनमा आइसकेको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ८ : ३८ बजे

बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सिरहा– १९ वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सर्लाही–४ मा कांग्रेस सभापति गगन र निवर्तमान सांसद डा. अमरेश आमनेसामने

सर्लाही- सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि

काठमाडौं क्षेत्र न ५ बाट राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गरे

काठमाडौं– काठमाडौं क्षेत्र न ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता

कांग्रेस दमक नगर सभापतिले छाडे पार्टी, बालेनलाई सघाउने

दमक– नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले पार्टीको पद