कांग्रेस दमक नगर सभापतिले छाडे पार्टी, बालेनलाई सघाउने « Khabarhub

कांग्रेस दमक नगर सभापतिले छाडे पार्टी, बालेनलाई सघाउने


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

दमक– नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले पार्टीको पद र क्रियाशील सदस्यता परित्याग गरेको घोषणा गरेका छन्।

प्रसाईंले मंगलबारदेखि कांग्रेस दमक नगर सभापतिको जिम्मेवारी तथा पार्टीको क्रियाशील सदस्यता छोड्ने औपचारिक निर्णय सार्वजनिक गरेका हुन्।

उनले अब आफ्नो राजनीतिक यात्रा पद, कुर्सी वा झण्डाभन्दा परिवर्तन केन्द्रित हुने बताएका छन्।

उनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा काठमाडौं महानगरका निवर्तमान मेयर बालेन साहलाई अग्रिम शुभकामना दिँदै पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रसाईंले आफ्नो सामाजिक–राजनीतिक यात्रामा साथ दिने पार्टी नेतृत्व, कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक र आम नागरिकप्रति आभार प्रकट गरेका छन्।

उनले ‘परिवर्तन सम्भव छ, हाम्रै पालामा’ भन्ने सन्देशसहित नयाँ राजनीतिक यात्राको संकेत गरेका छन्।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ११ : ५६ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको