लामोसाँघु विद्युत सबस्टेशनमा आगलागी | Khabarhub Khabarhub

लामोसाँघु विद्युत सबस्टेशनमा आगलागी


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपलान्चोक जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरणको लामोसाँघु सबस्टेशनमा आगलागी भएको छ।

आइतबार दिउँसो आगलागी भएको हो भने आगो नियन्त्रणमा आइसकेको छ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार उक्त सबस्टेशनमा केही साना जलविद्युत आयोजना जोडिएका छन्।

सबस्टेशनसँग उपभोक्ताको घर–घरमा जाने लाईन प्रत्यक्ष नजोडिएका कारण त्यसका प्रतक्ष असर उपभोक्तालाई नपर्ने अधिकारीको भनाई छ।

यद्यपि, राष्ट्रिय प्रशारणलाईनमा जोडिने विद्युत भने घट्नेछ। आगलागीबाट भएको क्षतिको एकीन विवरण प्राप्त भइनसकेको प्रवक्ता अधिकारीले जानकारी दिए।

केही दिनअघि मात्र बर्दघाट सबस्टेशनमा आगलागी भएको थियो।

जसका कारण प्राधिकरणलाई १० देखि १२ मेगावाट लोड व्यवस्थापन गर्न अप्ठेरो परेको छ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ७ : ०५ बजे

प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कोष

संसदीय उपसमितिले समितिलाई बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा

झिनो अंकले घट्यो नेप्से 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र बुल्गेरिया

हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

मुस्ताङ– पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड