दमक- प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका छन्।
बालेनको उम्मेदवारी दर्ताका क्रममा दमकमा पार्टी कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
र्याली र नाराबाजीसहित बालेन समर्थकहरू निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन्।
यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालेन्द्रको प्रतिस्पर्धा हुने भएपछि दमकमा राजनीतिक सरगर्मी र सर्वसाधारणको बढेको छ।
उम्मेदवारी दर्तास्थलल वरपरको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।














प्रतिक्रिया