महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी « Khabarhub

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुर २ मा तीन सञ्चारकर्मीबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्र नेकपा एमालेका सचिव महेश बस्नेतको गढ मानिन्छ ।

यहाँबाट नेपाली कांग्रेसले कवीर राणालाई टिकट दिएको छ । देशान्तर मिडिया ग्रुपका अध्यक्ष कविर राणा पत्रिका रेडियो सञ्चालक हुन् । देशान्तर साप्ताहिकको प्रधानसम्पादक रहेका राणा यसअघिका चुनावमा चर्चा भए पनि यो पटक टिकट पाउन सफल भएका हुन् ।

त्यसैगरी, सोही निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राजिव खत्रीलाई उम्मेदवार उठाएको छ । टेलिभिजन पत्रकारिता गर्दागर्दै दलीय राजनीतिमा हामफालेका राजीव खत्री सामाजिक सञ्जालमा महेश बस्नेतको खरो आलोचना गर्ने पात्र मानिन्छन् । उनले लामो समय एभिन्यूज र न्यूज २४ च्यानलमा पत्रकारिता गरेका थिए ।

त्यसैगरी, सोही क्षेत्रबाट प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले पत्रकार जन्मदेव जैसीलाई टिकट दिएको छ । यसअघि उनी रातोमसी अनलाइनमा सम्पादक थिए । उनी पत्रकारको हकहितका लागि काम गर्ने अभियन्ता हुन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : ४९ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको