काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन योगेश भट्टराई ताप्लेजुङ पुगेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको टिकट रोकेर आफू निकट मानिने युवा संघका नेता थेबेलाई उम्मेदवार बनाएका हुन्। टिकट नपाएपछि असन्तुष्टि देखिने अपेक्षा गरिए पनि भट्टराईले पार्टीको निर्णय स्वीकार्दै उम्मेदवारको पक्षमा खुलेर समर्थन जनाएका छन्।
मनोनयन दर्ताको दिनै ताप्लेजुङ पुगेका भट्टराईले आफू पार्टीको इमानदार कार्यकर्ता भएको उल्लेख गर्दै पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेल्ने बताएका छन्। उनले व्यक्तिगत लाभ वा पदभन्दा पार्टीको हित ठूलो भएको प्रतिक्रिया खबरहरूलाई दिए।
एमाले अध्यक्ष ओलीको कार्यशैलीविरुद्ध प्रश्न उठेकै कारण ताप्लेजुङबाट भट्टराईको टिकट रोकिएको धेरैले आकलन गरेका छन्। ओलीको जस्तोसुकै विषयमा पनि प्रतिरक्षा गर्दै आएका आफू निकट थेबेलाई टिकट दिएर ओलीले भट्टराईलाई पाखा लगाएका हुन् ।













प्रतिक्रिया