ओलीले टिकट नदिएका नेताहरू एमाले उम्मेदवारसँगै खटिए चुनावी मैदानमा « Khabarhub

ओलीले टिकट नदिएका नेताहरू एमाले उम्मेदवारसँगै खटिए चुनावी मैदानमा


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिएपछि अध्यक्षक केपी शर्मा ओलीले टिकट नदिएर बदला लिइएका नेताहरू एमालेका उम्मेदवारलाई जिताउन मैदानमा उत्रिएका छन् ।

ओलीको कार्यशैली र उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै आएका नेताहरूलाई प्रतिनिधि सभाको निर्वाचनमा टिकट नदिएर बदला लिए पनि उनीहरू एमालेका उम्मेदवारलाई जिताउन उत्रिएका हुन्।

ताप्लेजुङमा २०७९ मा जितेका उपमहासचिव योगेशकुमार भट्टराईलाई ओलीले टिकट दिएनन् । बरू यसअघि परीक्षण नभएका तर आफ्नो गुणगाण गाइरहने क्षितिज थेबेलाई ओलीले टिकट थमाइदिए ।

थेबेलाई टिकट थमाइदिए पनि उपमहासचिव भट्टराईले एमालेका उम्मेदवारलाई जिताउने अभियानमा उत्रिन देशभरका नेता कार्यकर्तालाई आह्वान गरे ।

उनले यो आह्वानसँगै आफू पनि थेबेले मंगलबार फुङलिङमा मनोनयन गर्ने कार्यक्रममा सहभागी हुन रातारात पुगे । भट्टराईकै अगुवाइमा निकालिएको जुलुसले थेबेलाई निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍यायो । जहाँ थेबेले योगेशलाई साक्षी राखेर उम्मेदवारी दर्ता गराए ।

उता चितवन क्षेत्र नम्बर १ मा टिकट नपाएका एमाले नेता सुरेन्द्र पाण्डै पनि मैदानमा खटिए । त्यहाँ एमाले उम्मेदवार कृष्णराज पाठकको मनोनयन कार्यक्रममा पाण्डे र्‍यालीको अग्रपंक्तिमा देखिए ।

एघारौँ महाधिवेशनमा महासचिव पदमा पराजित भएका उनलाई ओलीले टिकट दिएनन् । तर पनि आफ्नो पुरानो क्षेत्रमा एमालेले खडा गरेका पाठकलाई जिताउने अभियानमा मनोयनकै दिन होमिएका छन् ।

उता लगातार जित्दै आएका नेता गोकुल बास्कोलाई आफ्नो विपक्षमा उभिएकै कारण ओलीले टिकट दिएनन् । बास्कोटाले २०७४ र २०७९ मा लगातार फराकिलो मतसहित चुनाव जितेका थिए ।

तर ओलीको इतर टिममा बसेर एघारौँ महाधिवेशनमा उठेका उनलाई पनि टिकटबाट बञ्चित गरियो । ओलीले गोकुलसँग बदला लिन धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुलाई टिकट थमाइदिए ।

तर बास्कोटा भक्तपुरको लोकन्थलीबाट काभ्रे पुगेर ब्याञ्जुको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी भए । ओलीले बास्कोटा यदि गुन्डुमा टिकट माग्न आए दिन तयार रहेको सन्देश सचिवालयबाट दिएका थिए । तर बास्कोटा गुन्डु गएनन् । उनलाई गुन्डु आउन भनिएको पनि थिए ।

उता बारा क्षेत्र नम्बर १ मा ओलीले अच्युत मैनालीलाई टिकट दिए । त्यहाँ मधेशमा एमालेलाई स्थापित गराउन संघर्ष गरेका नेता पुरूषोत्तम पौडेल थिए । पौडेल पनि ओलीको समूहमा नभएकै कारण अवसरबाट बञ्चित हुने गरेका छन् ।

उनी पनि एमाले उम्मेदवार मैनालीलाई जिताउन मनोनयनकै दिनदेखि खटिएका छन् । मैनालीसँगै काँधमा काँध मिलाएर उनी मंगलबार मनोनयन दर्ता गराउने र्‍यालीमा निर्वाचन अधिकृतको कार्यालय पुगे ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ४ : २८ बजे

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक