तिहारै आयो, लौ झिलिमिली ! [फोटो फिचर] | Khabarhub Khabarhub

तिहारै आयो, लौ झिलिमिली ! [फोटो फिचर]


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारमा झिलिमिली बत्तीले काठमाडौं उपत्यका रातिमा पनि उज्यालो देखिएको छ । फूल, रङ र उज्यालोको चाड मानिने दिपावलीमा बत्तीको झिलिमिलीसँगै खेलिने देउसी भैलीले जोकोहीलाई रोमाञ्चक बनाउँछ ।

आज तिहारको तेस्रो दिन घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिएको छ । घर–घरमा विभिन्न किसिमका बत्तीहरु बालिएका छन् । पूरै शहर हेर्दा राजधानी ‘कलरफूल’ देखिएको छ ।

घर उज्यालो भए लक्ष्मीको बास हुने विश्वाससहित तिहारमा मैनबत्ती, दियो लगायत विभिन्न रङका बिजुली बत्तीहरू बालिएका छन् । अर्कातिर यो पर्वसँगै नेपालीले पटका पड्काउने र बत्तीसँग रमाइलो पनि गरिरहेका छन् ।

पाँच दिनसम्म मनाइने तिहार झिलीमिली बत्तीकै कारण विशेष बन्छ । त्यसो त तिहारको पहिलो दिन काग तिहारका दिनदेखि नै काठमाडौं उपत्यका झिलिमिली बनेको थियो ।

तेस्रो दिनसम्म आइपुग्दा घर-घरमा बत्तीहरु बालिएका छन् ।हेरौँ काठमाडौंका विभिन्न स्थानबाट देखिएको तिहारको झिलिमिली तस्वीरमा:

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ७ : ४७ बजे

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको

दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारको चेतावनी

दोहा – कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल