एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार « Khabarhub

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि सारेको जिकिर गरेको छ । एमालेको प्रचार संयोजक मीनबहादुर शाहीले मंगलबार पत्रकार सम्मेलनमार्फत नयाँ अनुहारअघि सारेको बताएका हुन् ।

मधेस र सुदूरपश्चिममा ५०/५० प्रतिशत र कोसीमा ५३.५७ प्रतिशत उमेदवार नयाँ भएको उनले बताए । सबैभन्दा धेरै कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत भएको उनको भनाइ छ । वाग्मतीमा ६०.६० र ६१.११ प्रतिशत गण्डकीमा रहेको शाहीले बताए ।

एमालेले यो निर्वाचनलाई आम निर्वाचनको रूपमा लिएको शाही बताउँछन् । ‘हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा लिनुका साथै संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमनविरूद्धको जनमत संग्रहका रूपमा लिएको हुँदा आजको दिनलाई विशेष दिनका रूपमा लिएको छ,’ उनी भन्छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १० : १७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा