कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता « Khabarhub

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३ वटा निर्वाचन क्षेत्रमा कुल ४९ जना उम्मेदवारी दर्ता गरेका छन्।

कास्कीको क्षेत्र नम्बर १ र २ मा १७/१७ र क्षेत्र नम्बर ३ मा १५ जनाले उम्मेदवारी पेश गरेका निर्वाचन अधिकृतको कार्यालय कास्कीले जानकारी दिएको छ।

निर्वाचन अधिकृतको कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार कास्की क्षेत्र नम्बर १ मा एकजना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी विभिन्न दलबाट उम्मेदवारी दिएका हुन्।

क्षेत्र नम्बर २ मा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिनेहरु सबैले राजनीतिक दलको प्रतिनिधित्व गरेका छन्।

क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीको तर्फबाट मनिषा द्वा उम्मेदवार बन्दा नेपाल मजदुर किसान पार्टीकी अमिता अवाललाई उम्मेदवार बनाएको छ। क्षेत्र नम्बर ३ मा ३ महिला उम्मेदवार छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले विना गुरुङलाई उम्मेदवार बनाएको छ भने उज्यालो तीर्थ गुरुङले नेसनल रिपब्लिक पार्टी र मीना निन्सितुले मजदुर किसान पार्टीको प्रतिनिधित्व गरेकी छन्।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १० : ३६ बजे

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल