आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२६ जनवरी २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ। धार्मिक अभियन्तासँगको भेटले मनमा रहेका शंका निवारण हुनेछन्। काम गर्न स्वास्थ्यले साथ दिनेछ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा मिहिनेतको खाँचो देखिन्छ।

वृष : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। नतिजाको प्रतिक्षामा भए राम्रो नतिजा प्राप्त हुनेछ। दुई पाङ्ग्रे सवारी साधनमा दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढ्दा फाइदा हुनेछ।

मिथुन : बोल्दा सचेत बन्नुपर्ने दिन छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। बौद्धिक व्यक्तिले उचित सल्लाह दिनेछन्। वैदेशिक रमझमले तपाईंको मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। व्यापारमा लगानी गर्ने भए संयुक्त ढंगले गर्नु राम्रो हुनेछ।

कर्कट : काममा अवरोध हुनसक्छ। बिहान शिवको भजन सुन्न सकेमा फाइदा हुनेछ। आफ्ना भन्ने साथीले कुरा काट्नेछन्। मन अशान्त बन्नेछ। गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा प्रगति हुनेछ।

सिंह: संयुक्त लगानीबाट फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा लक्ष्यमा पुग्न सहज हुनेछ। परिवारसँग घुमघाम गर्ने योग छ।

कन्या : धार्मिक कार्यक्रममा उपस्थित हुँदा मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। जुनसुकै काम गर्दा परिवारको सहयोग लिँदा राम्रो हुन्छ। विपक्षी शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ।

तुला : शिक्षामा गरेको लगानीको परिणाम राम्रो प्राप्त हुनेछ। नयाँनयाँ कायमका कार्यक्रम थपिँदै जाँदा मन खुशी हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राज्यको तर्फबाट प्राप्त अवसरलाई सदुपयोग गर्नुपर्ने हुनेछ।

वृश्चिक : दाम्पत्य जीवन सुखमय बन्नेछ। खर्च हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाका लागि समय छुट्याउनु आवश्यक देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनु : थोरै बोलेर जित्ने दिन छ। स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन्। बौद्धिक साथी विपक्षीको कित्तामा रहेकाले शान्त भएर बोल्नुहोला।

मकर : आज आकस्मिक लाभ हुनेछ। साथीभाइसँगको भेटले नयाँ योजना बन्न सक्छ। सहकार्य गरेर अगाडि बढ्नु फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मेहनतको खाँचो देखिन्छ। महत्त्वपूर्ण कामको गोपनीयता भंग नगर्नु उचित हुन्छ।

कुम्भ : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षा र धार्मिक क्षेत्रमा चासो बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ।

मीन : चन्द्रमा प्रतिकुल भएकाले लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा अझ बढी मेहनत गर्नुपर्नेछ। परिवारको सल्लाह लिएर मात्र महत्त्वपूर्ण कामको सुरुवात गर्नु राम्रो हुनेछ। शिक्षामा फाइदा हाेला ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ५ : १५ बजे

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको

महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

काठमाडौं– राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट

प्रतिनिधि सभाको अर्को बैठक भोली ११ बजे, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं–  प्रतिनिधिसभाको भोलि (मंगलबार) को बैठकमा पनि आगामी आर्थिक वर्षको

अन्तर्राष्ट्रिय आपतकाल घोषित इबोलाको जोखिम नेपालमा कति ?

काठमाडौं- अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको नयाँ