युवा संघका दमक अध्यक्ष नै बालेनतर्फ.. « Khabarhub

युवा संघका दमक अध्यक्ष नै बालेनतर्फ..


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापा ५ का उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई झापामा युवाहरुले साथ दिन थालेका छन् ।

बुधबार बिहान नेकपा (एमाले)निकट युवा संघ दमक नगरका अध्यक्ष छबि खतिवडा एमाले पक्षमा खुलेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत् परिवर्तनको पक्षमा लागेको र बालेनको चुनावी अभियानमा सक्रिय हुने बताएका हुन् ।
बालेनको फोटो राखेर छविले फेसबुकमा लेखेका छन्, ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु।’

काठमाडौंको मेयर पदबाट राजीनामा दिएर झापा–५ मा नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग चुनाव लड्न पुगेका बालेनले बुधबार बिहानैदेखि मतदाता भेट्न थालेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १२ : १४ बजे

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको

मक्कालाई लक्षित गरेको आरोपमा हुथीविरुद्ध साउदीको ‘रेड लाइन’ चेतावनी

एजेन्सी– यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको

भेडापालनका लागि स्थानीयलाई अनुदान

भोजपुर– हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ