विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन « Khabarhub

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ ।  सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो ।

काठमाडौंको चियासागरमा पत्रकार तथा लेखक विवेकले साथी तथा पूर्वसहकर्मीका साथमा ‘घाटगाउँ’ पुस्तक सार्वजनिक गरेका हुन् । 

सुर्खेतको चौकुने- ९ घाटगाउँमा जन्मिएका उनले अध्ययन तथा संघर्ष गर्दै अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा ‘घाटगाउँ’ पुस्तक लेखेका हुन् । भेरी र कर्णाली नदी मिसिएको दोभान घाटगाउँ पर्यटकीय दृष्टिकोणले सुन्दर गाउँ हो ।

पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित घाटगाउँ पुस्तकमा उनले आफ्नो स्कुले जीवन, उच्च शिक्षा पढ्दाको संघर्ष, रेडियो तथा अनलाइन पत्रकारिताको उतारचढावसँगै पछिल्लो समय पर्यटन अभियानमा होमिदाका आफ्ना चुनौतिपूर्ण भोगाई समेटेका छन् । 

पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम गाउँकै सरस्वती माध्यमिक विद्यालयमा पुस्तकालय निर्माणमा खर्च गर्ने पनि उनले बताए । 

‘सुर्खेतदेखि अमेरिकासम्म पुग्दाको यतार्थ सपना र संघर्षको भोगाई इमान्दार रुपमा पुस्तकमा लेखेको छु’ उनले विमोचन कार्यक्रममा संक्षिप्त रुपमा भने, ‘आफ्नो सपनालाई माया गर्ने हरकोहीलाई यो पूस्तकको भोगाई आफ्नो लाग्छ । त्यसैले पुस्तक बिक्रीबाट आएको सबै रकम घाटगाउँकै सरस्वती माध्यमिक विद्यालयमा पुस्तकालय निर्माणमा खर्च गर्नेछु ।’

विद्यार्थी र युवाअवस्थामा चिया खाँदै देखेका सपना र त्यसलाई पछ्याउँदै संघर्ष गर्दाको क्षण चियापसलमा भेटिने हरेक युवाको साझा भोगाई रहेको भन्दै उनले चियापसलमै पुस्तक सार्वजनिक गरेको पनि बताए ।

‘एक कप चिया पिउँदै देखेको सपना र संघर्ष अनि सपना पूरा गरेपछि पनि साथीहरूसँग चिया पिउँदाको आनन्द बेग्लै हुन्छ’ उनले भने ‘काठमाडौँका हरेक चियापसलमा देखिने युवाहरूमध्ये म पनि एउटा हुँ । त्यसैले पनि चियापसलमै पुस्तक सार्वजनिक गर्ने जमर्को गरेको हुँ ।’

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ४ : १२ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर