कांग्रेसका दागी नेतालाई टिकटमा तगारो « Khabarhub

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो



भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन २१ को निर्वाचन मिति तोकेसँगै दलमा रुपान्तरणको आवाज गुन्जियो । एमालेसहित केही दल महाधिवेशन मार्फत ताजा नेतृत्व लिएर जानेमा तयार बने । केही भने निर्वाचनको पूर्वसन्ध्यामा गरिने महाधिवेशनले दलभित्र दरार आउने अडान लिँदै चुनावपछि महाधिवेशन गर्ने निर्णयमा पुगे ।

देशकै ठूलो मतभार रहेको नेपाली कांग्रेसको नेतृत्वबाट पनि सोही दाबी अघि सारियो । तर उक्त दाबीमा ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधि र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने तयार भएनन् । अन्तत महाधिवेशनको मिति तोकिए पनि हुन नसकेपछि विशेष महाधिवेशनले नेतृत्व बदल्यो ।

१४ औं महाधिवेशनमा शेखर कोइराला पक्षको पूर्ण सहमति नपाएका थापा सभापति बने । उनीसहित १३७ जनाको नव कार्यसमितिलाई निर्वाचन आयोगले सदर गरिदियो । राष्ट्रिय सभा र समानुपातिकमा निवर्तमान सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहे पनि प्रतिनिधि सभाको उम्मेदवारीमा थापा हस्ताक्षरित टिकट लिएर उम्मेदवार चुनावी मैदानमा पुगिसकेका छन् ।

रुपान्तरित कांग्रेससहित जेन–जी आन्दोलन निम्तिनुको दोष स्वीकारेका थापा नेतृत्वले १६५ क्षेत्रमा पठाएको उम्मेदवार मध्ये १३१ नयाँ अनुहार छन् । अन्य ३६ जना भने दोहोरिएरै उम्मेदवार बने । उनको यो कदमलाई केहीले शीर्षनेताको नजिक र हेभिवेट भएकै कारणले मात्रै टिकट वितरण गरिने शैली नै फेरिएको भनेका छन् । कतिले भने संगठन बनाएका नेतालाई चुनावी प्रतिस्पर्धामा बञ्चित गराउनु लोकतन्त्र विपरित रहेको समेत टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभा र समानुपातिकमा निवर्तमान सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहे पनि प्रतिनिधि सभाको उम्मेदवारीमा थापा हस्ताक्षरित टिकट लिएर उम्मेदवार चुनावी मैदानमा पुगिसकेका छन् ।

विशेष महाधिवेशन एकताबाटै टुङ्ग्याउनेमा मेल नभएपछि सभापति बनेका थापा र देउवापक्षबीच ६०/४० हुनेगरी उम्मेदवारी दर्तालाई लिएर भने सहकार्य भयो । तर थापाले देउवा पक्षबाट पठाइएको सूचीबाट आफूनिकट बन्न गएका र जित्न सक्नेलाई मात्रै उम्मेदवारी दिएको देउवा पक्षको गुनासो छ ।

देउवा निकट एक स्रोतका अनुसार सूचीमा सभापति शेरबहादुर देउवा, रमेश लेखक, आरजु राणा, पूर्णबहादुर खड्का, रामहरि खतिवडा, दिपक खड्का, बालकृष्ण खाण, मोहनबहादुर बस्नेत, धनराज गुरुङसहितका नेता टिकटमा छुटे ।

खड्का र गुरुङ्सहित कतिले टिकट अस्वीकार गरे भने कतिले चाहना राख्दा पनि टिकट पाएनन् । कोही भ्रष्टाचार र अनियमितताजस्ता गम्भीर प्रकरणमा मुछिएका नेता छन् । सोही कारण टिकट नदिइएको जनस्तरमा समेत चर्चा छ।

यसबारे एक सामाजिक सञ्जालकर्ता लेख्छन्, गगन नेतृत्वको कांग्रेसले दागी नेतालाई टिकट नदिएको निर्णयबारे के लाग्छ ?
उनको प्रश्नमा पक्ष र विपक्ष दुबैमा जनविचार देखिन्छ । तर अधिकांस भने दागाी नेतालाई नदिएकै सही भन्नेमा छ ।

गगन नेतृत्वको कांग्रेसले दागी नेतालाई टिकट नदिएको निर्णयबारे के लाग्छ ? उनको प्रश्नमा पक्ष र विपक्ष दुबैमा जनविचार देखिन्छ । तर अधिकांस भने दागाी नेतालाई नदिएकै सही भन्नेमा छ ।

सामाजिक सञ्जालकर्ताले भनेजस्तै दागी भएकै कारण गगनले टिकट नदिएका हुन् ?
शेरबहादुर देउवा
देउवा डडेलधुराबाट अन्तिमपटक चुनाव लड्ने तयारीमा थिए । तर, फेरिएको आन्तरिक समीकरणले गर्दा लगातार सात पटक निर्वाचन जितेका देउवा रोकिए । उम्मेदवार दिने दिन मध्यराति देउवाको सचिवालयले उनी निर्वाचन नलड्ने घोषणा गनुप¥यो । देउवाको सट्टा उनी निकट भनिने युवा नेता नैनसिंह महरले टिकट पाए ।

पूर्णबहादुर खड्का
देउवा उपचारका लागि सिंगापुर उडेपछि कार्यवाहक सभापति बनेका खड्का पनि उम्मेदवार बनेनन् । अघिल्लोपटक सुर्खेत १ बाट १२ हजार मतान्तरले चुनाव जितेका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पनि कांग्रेसबाट चुनाव लडेनन् । आधिकारिकताको विवादमा संस्थापन पक्षबाट मुद्दा हालेपछि उनी आफैँले नैतिक रूपले पनि उम्मेदवार नबन्ने घोषणा गरे ।

धनराज गुरुङ
यसपटक टिकट नपाउनेमा निवर्तमान कांग्रेस उपसभापति धनराज गुरुङ पनि छन् । गुरुङ २०७९ को निर्वाचनमा एमालेकी पद्मा अर्याललाई पराजित गरेका थिए । गुरुङमाथि सहकारीको रकम हिनामिनाको गम्भीर आरोप लागेको थियो । उनीमाथि छानबिन गरी मुद्दा चलाउन माग भए पनि तत्कालीन सरकारले कुनै प्रभावकारी अग्रसरता लिएको थिएन ।

बालकृष्ण खाण
नक्कली भुटाटी शरणार्थी प्रकरणमा मुद्दा खेपेका बालकृष्ण खाण पनि यसपटक टिकट नपाउने अनुहारका चर्चित नेता हुन् । रुपन्देहीबाट टिकट लिन खोजे पनि उनलाई कांग्रेसले टिकट दिएन । २०७९ मा खाण राप्रपाका दीपक बोहोरासँग रुपन्देही ३ मा पराजित भएका थिए । मुद्दाको अन्तिम किनारा नलाग्दै फेरि उम्मेदवार बन्ने उनको चाहना यसपटक पूरा भएन ।

मोहनबहादुर बस्नेत
मोहनबहादुर बस्नेतले पनि सिन्धुपाल्चोकबाट टिकट पाएनन् । २०७९ मा सिन्धुपाल्चोक २ बाट १२ हजार मतान्तरले चुनाव जितेका बस्नेतले यसपटक टिकट पाएनन् । उनी टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचारको मुद्दा खेपेका नेता हुन्।

दीपक खड्का
कांग्रेसका अर्का विवादित अनुहार दीपक खड्काले पनि यसपटक टिकट पाएनन् । खड्का २०७९ मा संखुवासभाबाट निर्वाचन जितेका थिए । स्काउटको जग्गासहितका विषयमा खड्कामाथि पनि आरोप लाग्ने गरेको छ ।

आरजु राणा
नक्कली भुटानी शरणार्थी प्रकरणमा राणा पनि जोडिएकी पात्र हुन् । अघिल्लोपटक समानुपातिक सांसद बनेकी आरजुको यसपटक निर्वाचन लड्ने दाउमा थिइन् । तर थापाले उनलाई पनि उम्मेदवारमा समेटेनन् ।

रमेश लेखक
कञ्चनपुर २०७९ मा कञ्चनपुर ३ बाट १२ हजार मतान्तरले चुनाव जितेका रमेश लेखकले पनि यसपटक टिकट पाएनन् । लेखकमाथि पनि भिजिट भिसा प्रकरणदेखि २३ भदौमा जेन–जी आन्दोलनका क्रममा बल प्रयोग गरी युवाहरू मारिएको प्रश्न उठेको थियो ।

बारम्बार काठमाडौं १ बाट चुनाव जितेका प्रकाशमान सिंह अन्तिमसम्मा टिकटका लागि प्रयासमा रहेपनि हात पार्न सकेनन् । उनीसँगै नवलपुर १ बाट जितेका डा.शशांक कोइरालाले पनि टिकट पाएनन् ।

त्यस्तै, बारम्बार काठमाडौं १ बाट चुनाव जितेका प्रकाशमान सिंह अन्तिमसम्मा टिकटका लागि प्रयासमा रहेपनि हात पार्न सकेनन् । उनीसँगै नवलपुर १ बाट जितेका डा.शशांक कोइरालाले पनि टिकट पाएनन् । अघिल्लोपटक झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका कृष्णप्रसाद सिटौलाले पनि यसपटक टिकट पाएनन् । यद्यपि उनी अहिले पनि कांग्रेसबाट राष्ट्रियसभा सदस्य छन् ।

यस्तै सुजाता कोइराला पनि टिकट नपाउने कांग्रेसका चर्चित अनुहारमध्ये एक हुन् । सुजाताले अघिल्लोपटक मोरङ–२ मा एमालेका ऋषिकेश पोखरेलसँग साँघुरो मतान्तरले चुनाव हारेकी थिइन् ।

तर विमलेन्द्र निधि, डा.शेखर कोइराला, डा.प्रकाशशरण महत, एनपी साउद भने विशेष महाधिवेशनको विपक्षमा भएपनि टिकट पाएका छन ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १० : २५ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६