घरेलु मैदानमा लिभरपुलको संघर्षपूर्ण जित « Khabarhub

घरेलु मैदानमा लिभरपुलको संघर्षपूर्ण जित


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले घरेलु मैदानमा संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । एनफिल्डमा लिभरपुलले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको पहिलो मिनेटमै ह्यारी केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५२ औं मिनेटमा जोर्डन हेण्डरसनले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ७५ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।

जितसँगै लिभरपुलले १० खेलबाट २८ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ६ अंकको अग्रता बनाएको छ । पराजित टोटेनहम १२ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ६ : २८ बजे

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका

पहिरोले पृथ्वी राजमार्ग पूर्णरूपमा अवरूद्ध

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक