घरेलु मैदानमा लिभरपुलको संघर्षपूर्ण जित « Khabarhub

घरेलु मैदानमा लिभरपुलको संघर्षपूर्ण जित


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले घरेलु मैदानमा संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । एनफिल्डमा लिभरपुलले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको पहिलो मिनेटमै ह्यारी केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५२ औं मिनेटमा जोर्डन हेण्डरसनले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ७५ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।

जितसँगै लिभरपुलले १० खेलबाट २८ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ६ अंकको अग्रता बनाएको छ । पराजित टोटेनहम १२ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ६ : २८ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन