आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ शुक्ल पक्षको पञ्चमी तिथि । आज बसन्त पञ्चमी ब्रत । तदनुसार सन् २०२२ जनवरी २३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : उपचारमा भए रोगबाट मुक्ति मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । परिवारमा भने खटपटी बढ्नेछ ।

वृष : लगानीबाट तत्काल फाइदा नभए पनि धैर्य हुँदा फाइदा हुनेछ । सानो कुराले मन अशान्त बन्नसक्छ । रोग बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन :  शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कट : शिक्षामा गरेको प्रयास सफल बन्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । परिवारसँगको सहकार्यमा गरेको काममा फाइदा हुनेछ । रोगसँग लड्ने क्षमता बढ्ने योग छ ।

सिंह: साना कुराले मन अशान्त बन्नसक्छ । राज्यको तर्फबाट निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ । साथीबाट अपमान सहनुपर्ने खतरा देखिन्छ । संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ ।

कन्या : दिन राम्रो छ । धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्नेछ । विपक्षीले तपाईंको प्रशंसा गर्नेछन् । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । परिवारसँगको सहकार्यले काम सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : मानसिक तनाव बढ्ने जोखिम छ । कतै शुभकार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । विपक्षी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

वृश्चिक : मन शान्त बन्नेछ । विश्वास गरेका साथीले धोका दिने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ । पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा राम्रो हुनेछ । परिवारमा मेलमिलापको योग छ ।

धनु : हरेक काममा अवरोध हुनसक्छ । परिवारको साथ लिएर मात्र काम गर्नु उचित हुन्छ । एक्लो निर्णय लिएमा फस्ने जोखिम छ । संकटमा स्वास्थ्यले भने साथ दिएको छ । शिक्षामा ढिलासुस्ती हुनेछ ।

मकर : आम्दानीका दृष्टिले दिन राम्रो छ । व्यापारको लगानीबाट फाइदा हुनेछ । नोकरीमा भए बढुवा हुनेछ । विपक्षी साथीभाइले तपाईंको प्रशंसा गर्नेछन् । रोगबाट बच्न आफ्नो ख्याल गर्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

कुम्भ : धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मीन : शुभग्रहको बहुमत रहेको छ । मुल त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । काम सहजै बन्ने योग छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ५ : १२ बजे

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी