६ लाख ७८ हजार नगदसहित ८ जुवाडे पक्राउ « Khabarhub

६ लाख ७८ हजार नगदसहित ८ जुवाडे पक्राउ


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– जुवा, तास र कौडा खेलिरहेका आठ जनालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ लाख ७८ हजार रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

दाङको लमही(५ लमही बजार बस्ने बर्ष ४८ को रत्न प्रसाद श्रेष्ठको घरमा जुवा तास र कौडा खेलिरहेका गोप्य सूचनाका आधारमा लमही प्रहरीले रत्न प्रसाद श्रेष्ठ सहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा प्रकाश खड्का, कर्ण ब। बुढाथोकी, अमर ब। तामाङ लगायत रहेका छन् ।

उनीहरुका साथबाट प्रहरीले १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास, कौडा थान ३२ समेत बरामद गरेको छ।

उनीहरूलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवा सम्बन्धी) कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ९ : ५६ बजे

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक