जोशीको एकल चित्रकला प्रदर्शनी « Khabarhub

जोशीको एकल चित्रकला प्रदर्शनी


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला प्रदर्शनी गरेका छन् । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा उनको पाँच दिनदेखि निरन्तर चित्रकला प्रदर्शन भइरहेका छन् ।

‘एन ओड टू द भ्याली’ शीर्षकमा राखिएका उनका चित्रले रङ्गको सौन्दर्यसँगै गाउँले जीवनशैलीको महत्त्वलाई दर्शाएको छ भने काठमाडौं उपत्यकाको वास्तुकला सम्पदा र यहाँको दैनिकीबारे पनि चित्र प्रस्तुत गरिएका छन् ।

प्रदर्शनी नेवार वास्तुकला चित्रित भित्ताहरूबाट लिइएको छ, जहाँ चित्रकला केवल सजावटी मात्र नभई दैनिक जीवनमा निहित एक अभिन्न सांस्कृतिक र अनुष्ठान अभ्यास रहेको चित्रकार जोशीको भनाइ छ ।

ग्यालरीका निर्देशक सङ्गीता थापाले जोशीका चित्रहरू द्रुत रूपमा फैलिएको सहरी रूपान्तरणमा गाउँले परिवेशको सौन्दर्य र नेपालीपनको गरिमा बढाउने बताइन् ।

उनले जोशीका चित्रहरूले परम्परागत शैलीको खोज, अनुसन्धान र नयाँ पुस्तालाई विगतको जीवनशैली अध्ययन गर्नसमेत सघाउ पुर्‍याउने धारणा राखिन् ।

जोशीको कला प्रर्दशनीमा प्रमुख अतिथि रहेका रवीन्द्र पुरीले समकालीन कलात्मक अभ्यासलाई जोड दिँदै इतिहास, श्रमको महिमा कलामा समेटिनुपर्ने बताए । जोशीका चित्रले ग्रामीण जीवनको वैज्ञानिक अर्थसमेत महसुस गराउन सकेको उनको भनाइ छ । प्रदर्शनी आगामी फागुन छ (फेब्रुअरी १८) गतेसम्म जारी रहनेछ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ५ : १३ बजे

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा