बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी « Khabarhub

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले आज उम्मेदवारी फिर्ता लिएका छन् । 

बाँकेको तीन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका निर्वाचन क्षेत्र नं १ र निर्वाचन क्षेत्र नं २ बाट उनीहरूले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत कार्यालय, नेपालगञ्जका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले नेपाल जनता पार्टीका उम्मेदवार विजयकुमार गुप्ता र जनता समाजवादी पार्टीका सरस्वतीप्रसाद बर्माले उम्मेदवारी फिर्ताको निवेदन दिएको जानकारी दिए  । 

दुई जनाका उम्मेदवारी फिर्तासँगै जिल्लाको निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दिनेको सङ्ख्या २० कायम भएको छ । 

त्यस्तै जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पनि स्वतन्त्रतर्फका दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । 

निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले स्वतन्त्रतर्फका प्रदीपकुमार पौडेल र दीपक शाहीले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । 

उम्मेदवारी फिर्तासँगै सो निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेको सङ्ख्या १५ कायम हुने भएको छ । तर जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा भने कसैको पनि उम्मेदवारी फिर्ता भएको छैन । सो निर्वाचन क्षेत्रमा २२ जनाले उम्मेदवारी दिएका थिए । बाँके जिल्लामा कुल ६१ जनाको उम्मेदवारी परेकामा चार जनाले फिर्ता लिएपछि ५७ जनाको उम्मेदवारी कायम भएको छ । 

बाँकेका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् । यसमध्ये १ नं निर्वाचन क्षेत्रमा एक लाख २४ हजार ७२७, निर्वाचन क्षेत्र नं २ मा एक लाख आठ हजार २९० र निर्वाचन क्षेत्र नं ३ मा एक लाख १७ हजार ३५४ मतदाता रहेका छन् ।  रासस

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ६ : २७ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी