बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड « Khabarhub

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा एमाले जिल्ला समिति ओखलढुंगाका नेताहरूलाई नेकपा प्रवेश गराउँदै प्रचण्डले अझै पनि देशमा पुरै दुर्घटना नटरेको भन्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने बताएका हुन् ।

उनले देशलाई फेरि अर्को अनिष्टमा जान नदिने जिम्मेवारी आफूहरूले लिएको भन्दै वामपन्थी, कम्युनिस्ट र राष्ट्रवादी शक्तिहरूलाई एकै ठाँउमा ल्याउने अभियानको सुरुवात गरेको धारणा राखे । राष्ट्र संकटमा रहेकाले वामपन्थीहरू एकताबद्ध हुन उनले आह्वान समेत गरे ।

त्यस्तै प्रचण्डले जेन-जी आन्दोलन र संसद् बिघटनपश्चात संसद् पुनर्स्थापना र सर्वपक्षीय सरकारको चर्चा चलेपछि आफूहरूले निर्वाचनमा नै जोड दिएको धारणा राखे । अहिले देश निर्वाचनमय भइसकेको उल्लेख गर्दै प्रचण्डले निर्वाचनमा नेकपा एक नम्बरको पार्टी हुने दाबी गरे । 

त्यसैगरि नेकपाका सह–संयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टीमा धेरै विकृति र समस्या देखिएकाले त्यसलाई समाधान गर्नका लागि कम्युनिस्ट पार्टीहरू एकीकृत भएको बताए । 

गलत प्रवृत्ति र सोचसँग जुध्नका लागि पवित्र भावनाका साथ जनतामाझ जाने र जनताले नेकपालाई सबैभन्दा ठूलो पार्टीको रुपमा विजयी गराउने उनले बताए । 

कार्यक्रममा एमाले ओखलढुंगा जिल्ला कमिटीका अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमल न्यौपाने, अम्बिरबाबु गुरुङ लगायतका नेताहरूलाई नेकपा प्रवेश गराइएको थियो । 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ६ : ३६ बजे

इरानी मिसाइल आक्रमणपछि इजरायलका कयौँ सहरमा आगलागी

तेहरान- इरानले प्रहार गरेको मिसाइलपछि इजरायलका केही क्षेत्रमा आगलागी भएको

स्वास्थ्यमन्त्री शर्माद्वारा दोलखा र रामेछापका अस्पताल अनुगमन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्माले दोलखा र रामेछाप जिल्लाका

रास्वपा बैठकमा बालेन्द्र सहभागी नहुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको समानुपातिकको

रास्वपा बैठक : अन्य नेता पार्टी कार्यालयमा, रवि भर्चुअलमार्फत् जोडिने, बालेन जाने टुंगो छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिकको नाम छनोट गर्न

अबको १० दिनमा बालेन प्रधानमन्त्री बन्छन् : मनिष झा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले अबको १० दिन