संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक « Khabarhub

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। लोक–पप शैलीमा तयार गरिएको गीतमा गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वर सुन्न सकिन्छ।

प्रेम र रोमान्समा आधारित भिडियोमा गायक गौरव गिरी स्वयंले अभिनय गरेका छन् भने उनलाई दीपा शाहीले साथ दिएकी छन्। भिडियो रिलिज भएको छोटो समयमै टिकटक र रिल्समा व्यापक प्रयोग हुन थालेपछि गीतले राम्रो चर्चा पाएको संगीतकार नागेन्द्र श्रेष्ठले बताएका छन्।

गीतको एरेन्ज केशव बडुले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ। अनिल के. मानन्धरको डिओपी रहेको भिडियोमा जयन्द्र कुँवरको छायांकन छ। भिडियोको निर्देशन पनि गायक गौरव गिरीले नै गरेका हुन्।

निरज सापकोटाको सम्पादन रहेको भिडियोमा गौरव र दीपासँगै जीवन थापा, सुरेश भट्ट, बब्लु गौतम, मोनिका सिंह र बबिता तिरुवाको पनि अभिनय देख्न सकिन्छ। भिडियोको कलर श्याम कुँवरले गरेका छन्।

‘सुन मायालु’ म्युजिक भिडियो संगीतकार नागेन्द्र श्रेष्ठको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १० : १३ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष