अमेरिकी राजदूत बेरीले गरे लक्ष्मीपूजा (फोटोफिचर) « Khabarhub

अमेरिकी राजदूत बेरीले गरे लक्ष्मीपूजा (फोटोफिचर)


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका अवसरमा आइतबार लक्ष्मी पूजा गरेका छन् ।

बेरीले आफ्नो निवासमा रंगोली बनाउँदै लक्ष्मी पूजा र कुकुर पूजा गरेका हुन् । उनले तिहारलाई भव्य मनाएका तस्वीरहरु ट्वीटरमा सार्वजनिक गरेका छन् ।

राजदूत बेरीले आफ्नो निवास भित्रको कोठामा पालकमा बत्ती बालेर सबैलाई शुभकामना दिएका छन् ।

‘म मेरो टिमसहित मण्डला बनाउन जुटेको छ । हाम्रो घर अहिले झिलिमिली बत्तीले उज्यालो र रंगीन भएको छ’, उनले ट्वीटरमा भनेका छन्, ‘तपाईंहरु सबैले यो वर्षभरमा शुभेच्छा र आशीर्वाद पाउनुहुनेछ । दीपावलीको अवसरमा सबै नेपालीलाई शुभकामना !’

तस्वीर- राजदूत बेरीको ट्वीटरबाट

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १० : ०६ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल