गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी « Khabarhub

गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गाजा– मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणका कारण गाजामा नागरिकहरूको हत्या निरन्तर जारी रहने चेतावनी दिएको छ।

कार्यालयले युद्धविरामपछि पनि हिंसाको ग्राफ बढ्दै गएको र दुई वर्षदेखि जारी विनाशको गहिरो प्रभाव कायमै रहेको जनाएको छ। विज्ञप्ति जारी गर्दै उच्चायुक्तको कार्यालयका निर्देशक अजित सुङ्गाईले रक्तपात रोक्न तथा पुनर्स्थापना र पुनर्निर्माणका लागि मानव अधिकारमा आधारित दृष्टिकोण अपनाउन अन्तर्राष्ट्रिय समुदायले समर्थन र दबाब बढाउनुपर्नेमा जोड दिएका छन् ।

उनले गाजाको संकट अन्त्य हुन नसकेको उल्लेख गर्दै इजरायली आक्रमण तथा मानवीय सहायता प्रवेशमा लगाइएका प्रतिबन्धका कारण दैनिक रूपमा मानिसहरू ज्यान गुमाइरहेको चेतावनी दिए ।

उच्चायुक्तको कार्यालयका अनुसार जनवरी २१ सम्म युद्धविरामपछि कम्तिमा २१६ जना प्यालेस्टिनी मारिएका छन्। तीमध्ये कम्तिमा ४६ जना बालबालिका र २८ जना महिलाहरू रहेको पुष्टि गरिएको छ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ४ : ५४ बजे

गोरखापत्रकाे महाप्रवन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशरण संस्थामा अध्यक्षका लागि आह्वान

काठमाडौँ– सरकारले गोरखापत्र संस्थानको महाप्रवन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

जनकपुर– मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य

मनसुनजन्य विपद् प्रतिकार्यमा सेनाको सक्रियता

काठमाडौँ– नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल